Roamwings.com

https://www.facebook.com/roamwingstravel/

Uncategorized

धरानमा श्रमदान र्याली: हर्क साम्पाङको अभियानको वाहवाही र आलोचना दुबै

संजिता धमला

धरानः धरान उपमहानगरपालिकाको आयोजनामा आज बृहद श्रमदान र्याली सम्पन्न भयो। जनताको व्यापक सहभागितासँगै जनताको हातमा बेल्चा, कुटो, कोदालो, ह्यामर, र हतौडा बोकेर विकासमा हातेमालो गरे। यस श्रमदानको उद्देश्य धरानको स्वच्छता र खानेपानी समस्याको दीर्घकालीन समाधानतर्फ थियो।

धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ, जसले सामाजिक अभियन्ता भएर जनताको माया बटुल्दै नगरपालिका प्रमुखको जिम्मेवारी सम्हाले।

धरानमा देखिएको खानेपानी संकटको समाधानका लागि साना खोलाहरूको पानी संकलन गर्न अभियान सञ्चालन गर्दै हालसम्म निरन्तरता दिए। साम्पाङको यो कदमलाई धेरैले समाजसेवाको उदाहरणीय पहल भन्दै प्रसंसा गरिरहेका भने आर्थिक सहयोग पनि करोडौ आएको छ।

तर, सबैको समर्थन साम्पाङको पक्षमा छैन। आलोचकहरूका अनुसार धरानको समस्या हल गर्न साम्पाङको योजना अस्थायी र अपर्याप्त छ। साना खोलाबाट पानी संकलन गर्ने यो योजना दिगो समाधान नभएको उनीहरूको तर्क छ। कतिपयले यस प्रकारका अभियानमा केवल जनश्रममा निर्भर हुनु, पर्याप्त वैज्ञानिक योजना र दीर्घकालीन दृष्टिकोणको अभावले दीर्घकालमा समस्या अझै जटिल बनाउन सक्ने चेतावनी दिएका छन्।

साम्पाङको नेतृत्वमा भएका कतिपय परियोजनाहरू ढिलो गतिमा अगाडि बढिरहेको र केही योजना पूर्ण रूपमा सफल नभएको पनि आलोचकहरूले औंल्याएका छन्। उदाहरणका लागि, उहाँका प्रारम्भिक अभियानहरूले व्यापक सफलता हासिल गर्न नसकेको स्मरण गर्दै कतिपयले हालको अभियानलाई समेत असफलतामा परिणत हुने आशंका व्यक्त गरेका छन्।

यद्यपि, समर्थकहरू यसलाई जनताको पूर्ण सहभागितामा आधारित अभियान भएको र त्यसले धरानको विकासमा महत्वपूर्ण योगदान दिने विश्वास राखिरहेका छन्। धरानका बासिन्दाले साम्पाङलाई अझ बलियो नेतृत्वको रूपमा देखिरहेका छन् र उहाँको यो श्रमदान अभियानले शहरको अनुहार फेर्ने अपेक्षा गरेका छन्।

यसरी, हर्क साम्पाङको श्रमदान अभियानलाई कतिपयले धरानको विकास र एकताको प्रतीक मानेर समर्थन गरिरहेका छन् भने, केहीले यसको दिगो समाधानको अभावमा आलोचना गरिरहेका छन्।

छुटाउनुभयो कि ?

Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा
Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा