Roamwings.com

https://www.facebook.com/roamwingstravel/

राजनिती

पूर्व आईजी सर्बेन्द्र खनालले एमाले छोडे, स्वतन्त्र रूपमा कार्यरत

काठमाडौंः नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजी) सर्बेन्द्र खनालले नेकपा (एमाले) पार्टी छोडेको घोषणा गरेका छन्।

खनालले आइतबार आफ्नो सामाजिक सञ्जालमार्फत अब कुनै पनि राजनीतिक दलसँग आवद्ध नरहेको जानकारी दिएका हुन्।

खनालले आफू स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको उल्लेख गर्दै, देश र समाजको हितका लागि सक्दो योगदान दिने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रहरीबाट अवकाश पाएलगत्तै खनाल एमालेमा प्रवेश गरेका थिए र दुई पटक सांसदको टिकट पाएर चुनाव लडेका थिए। पहिलो पटक काठमाडौँमा र दोस्रो पटक तनहुँमा उम्मेदवार बनेका खनाल दुवै निर्वाचनमा पराजित भएका थिए।

उनको राजनीतिक अवस्थाबारे अन्योलमा परेका जनतालाई स्पष्ट पार्दै खनालले कुनै पनि पार्टीसँग आफ्नो सम्बन्ध नरहेको र स्वतन्त्र रूपमा समाजसेवामा लागिरहने बताएका छन्

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद