Roamwings.com

https://www.facebook.com/roamwingstravel/

राजनिती

डा. रावल: सत्ता गठबन्धनले देशलाई भ्रममा राख्यो

संजिता धमला

धरानः नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पूर्व नेता डा. भीम बहादुर रावलले सत्ता गठबन्धनले देशलाई भ्रममा पारेको आरोप लगाएका छन्।

आइतबार धरानमा मातृभूमि जागरण अभियानको क्रममा पत्रकार भेटघाटमा उनले विचार र सिद्धान्तविनाका पार्टीहरूको सत्तामा सहभागिताले जनतामा भ्रमको खेती गरेको बताएका छन्।

डा. रावलले पार्टी सिद्धान्त भन्दा देश महत्वपूर्ण भएको उल्लेख गर्दै सत्ताको दुरुपयोग र अनैतिक राजनीति गरेको आरोप सत्ता गठबन्धनमा रहेका दलहरूमाथि लगाएका छन्। उनले भने, “नेपाललाई नेपालजस्तो बनाउन मेरो उद्देश्य स्पष्ट छ। पार्टी माध्यम हो, तर देश नै मुख्य हुन्छ।”

उनी देशभर घुमेर जनताको आवाज सुन्ने र त्यसपछि मात्र दल दर्ता गर्ने योजना रहेको बताए। उनले आफूले ५१ वर्षको राजनीतिक जीवनमा पार्टी र जनताका लागि काम गर्दै आएको र सुदूरपश्चिममा पार्टी संगठनको निर्माणमा नेतृत्वदायी भूमिका खेलेको जानकारी दिए।

अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टि जनाउँदै, डा. रावलले पार्टीलाई विचारहीन र व्यक्तिवादी बनाएको आरोप लगाए। उनले एमाले पार्टीको रंग खुइलिएर ‘बामाले’ बनेको भन्दै, पार्टी नेतृत्वले ठट्टा र उखान-टुक्काको भरमा देश र पार्टीलाई चलाएको बताए। कांग्रेस र एमालेको सत्तासमीकरणलाई ‘खिचडी गठबन्धन’को संज्ञा दिँदै, डा. रावलले देशलाई ऋणको भारमा धकेलिएको बताएका छन्।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद