संजिता धमला
विराटनगरः एमाले मोरङका सदस्यलाई ठगिको आरोप लागेको छ।
एमाले मोरङका सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव एवं एमाले नेता अनिलकुमार पोखरेलविरुद्ध ठगीको आरोपमा मोरङ प्रहरीले अनुसन्धान थालेको छ।
अनिलकुमार पोखरेलविरुद्ध ठगीसम्बन्धी रिट दायर गर्ने निवेदक बौआलाल चौधरीको मुद्दामा उच्च अदालत विराटनगरले आदेश दिएपछि, आज प्रहरीलाई कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।
गत भदौमा भएको फैसलापछि चार महिना लामो मौनतापछि मात्र आज पुष २१ गते प्रहरीले उक्त आदेशबमोजिम कारबाही सुरु गरेको जानकारी गराइएको छ।