Roamwings.com

https://www.facebook.com/roamwingstravel/

राजनिती

प्रधानमन्त्री ओलीद्वारा जेसिसको योगदानको उच्च प्रशंसा: सत्तामा नरहे पनि सदैव सम्मान रहने प्रतिबद्धता

नविन सेन्चुरि

धरानः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जेसिसको ५१औं राष्ट्रिय महाधिवेशनमा जेसिसको अनुशासन, नेतृत्व विकास, र उद्यमशीलता प्रवर्द्धन गर्ने भूमिकाको उच्च प्रशंसा गरेका छन्।

इटहरीमा आयोजित उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनपछि देशले विभिन्न क्षेत्रमा देखाएको प्रगति र विकासको चर्चा गरे।

ओलीले भने, “देशले धेरै हिसाबले प्रगति गरिरहेको छ। पूर्वाधार, आर्थिक विकास र रोजगारीका अवसरहरूमा व्यापक भिन्नता आएको छ।” प्रधानमन्त्रीले विशेष गरी मानव जातिको सुख र समृद्धिका लागि शालिनता, विनम्रता, र ज्ञानको सही प्रयोगको महत्त्वलाई जोड दिएका थिए।

उनले जेसिसको अनुशासन र सकारात्मक सोचलाई प्रशंसा गर्दै भने, “जेसिसले अरुलाई सम्मान गर्ने र मनोबल उच्च राख्ने प्रेरणा दिन्छ। यसले मुख छाड्न र गाली गर्न होइन, वातावरण जोगाउन सिकाउँछ।”

प्रधानमन्त्री ओलीले आफू सत्तामा नरहे पनि जेसिसप्रति सधैँ सम्मान रहने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले जेसिसले विश्व शान्ति र नेतृत्व विकासमा पुर्‍याएको योगदानको पनि चर्चा गरे।

कार्यक्रमको क्रममा विभिन्न क्षेत्रमा योगदान गर्ने प्रतिभाशाली युवाहरूलाई सम्मानित गरिएको थियो।

भिडियो–

https://www.facebook.com/61558623597864/videos/9263814847015149

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद