Roamwings.com

https://www.facebook.com/roamwingstravel/

राजनिती

किरात राई यायोक्खा सुनसरीको अध्यक्षमा पुनः राजेन्द्र राई निर्वाचित, चन्द्रकला राई पराजित

धरान – किरात राई यायोक्खा जिल्ला कार्यसमिति, सुनसरीको १० औं अधिवेशनले अध्यक्ष पदमा पुनः राजेन्द्र राईलाई दोस्रो कार्यकालका लागि निर्वाचित गरेको छ। शनिबार राति धरान १० स्थित यलम्बर स्मृति संग्रहालयमा सम्पन्न मतगणनामा राजेन्द्र राईले ८२ मत प्राप्त गर्दै विजयी भए। उनका प्रतिस्पर्धी चन्द्रकला राईले ५४ मत प्राप्त गरिन्। कुल १३९ मत खसेकोमा ३ मत बदर भएको निर्वाचन समितिका संयोजक अर्जुन जम्नेली राईले जानकारी दिए। चन्द्रकला राई यसअघि उपाध्यक्ष पदमा रहेकी थिइन्।

अध्यक्षबाहेक २५ सदस्यीय कार्यसमितिका अधिकांश पदहरूमा निर्विरोध चयन भएको छ। उपाध्यक्ष पदमा सवित्रा राई र यलमहाङ राई, सचिवमा शम्भु राई, कोषाध्यक्षमा मेनका राई निर्विरोध निर्वाचित भएका छन्। तीन जना सहसचिव पदका लागि चार जनाबीच प्रतिस्पर्धा भएको थियो, जसमा चन्द्र वान्तवा राईले १११ मत, इन्दिरा राईले १०१ मत र केशव राईले ९१ मत प्राप्त गर्दै विजयी भए। दुर्गाकुमारी राईले ८१ मत मात्रै पाउँदा पराजित भइन्।

कार्यसमिति सदस्यहरूमा पनि अधिकांश निर्विरोध चयन भएका छन्। विकास चाम्लिङ राई, क्षितिज राई, खगेन्द्र राई, कृपा राई, सागर राईलगायत २५ सदस्यीय समितिमा निर्वाचित भएका छन्। निर्वाचित पदाधिकारी र सदस्यहरूलाई केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राईले शपथ खुवाए भने, केन्द्रीय उपाध्यक्ष दोर्पध्वज राईले बधाई तथा शुभकामना दिएका छन्।

नयाँ कार्यसमितिले किरात राई समुदायको संस्कृति, पहिचान, र अधिकारका सवालमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद