Roamwings.com

https://www.facebook.com/roamwingstravel/

महिला/बालबालिका

इम्मानुएल विद्यालयका प्रधानाध्यापकद्वारा कुटपिट: सुधारको नाममा २ लठ्ठी हानेको स्वीकार

संजिता धमला

धरानः धरान-१७ को इम्मानुएल विद्यालयका प्रधानाध्यापक प्रभात राजवंशीले कक्षा ७ का छात्र रिजन धितालमाथि कुटपिट गरेको घटनामा आफूले बिद्यार्थीलाई सुधार्नका लागि २ लठ्ठी हानेको स्वीकार गरेका छन्।

ब्रदर्स मिडियालाई प्रधानाध्यापकले भने, “रिजनको अनुशासनहीन व्यवहार देखिएपछि मैले सुधारका लागि सो कदम उठाएको हो।”

यस घटनाले विद्यालय समुदायमा चासो र चिन्ता पैदा गरेको छ। छात्रका अभिभावक रमेश धितालका अनुसार, रिजनलाई विद्यालयको कार्यालय कक्षमा अनुशासनको नाममा कुटपिट गरिएको थियो, जसले उनका छोरा रिजनको मानसिक र शारीरिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याएको बच्चा स्कुल पढ्न नमानेको भन्दै उजुरी दर्ता गर्नु आफू प्रहरि कार्यालय पुगेको बताए।

उनले भने, “विद्यालयले छोराको भविष्य निर्माण गर्नुपर्ने हो, तर यहाँ प्रधानाध्यापक स्वयंले कुटपिट गरेर उसको स्वास्थ्यमा असर पुर्‍याएका कहिलेकाहि जुत्ताको लेस नबाध्दा खुट्टा नै किचेको हॅुदा आफू बिद्यालय पुगेको र सरले माफि मात्र मागेको हॅुदा आफू न्यायको लागि प्रहरि कार्यालय पुग्को बताउॅछन्।”

प्रधानाध्यापक राजवंशीले आफ्नो क्रियाकलापको लागि माफि पनि मागेका छन् आफूले आउने दिनमा कारबाहि कुटेर नगर्ने बताए। विद्यालय व्यवस्थापनले घटनाबारे छलफल गर्ने र भविष्यमा यस्ता घटनाहरू रोक्नका लागि आवश्यक कदम चाल्ने प्रतिवद्धता जनाएका छन्।

छुटाउनुभयो कि ?

आर्थिक महिला/बालबालिका

विलिभर्स स्कुलले अभिभावकलाई सिकायो अचार बनाउने सीप

धरानः धरान–५ स्थित डिपी विलिभर्स स्कुलका अभिभावकहरूको लागि एकदिने खाद्य स्वच्छता तथा अचार बनाउने तालिम सम्पन्न भएको छ ।स्कुलका प्राचार्य
महिला/बालबालिका

देउसी भैलोको रकमबाट बिद्मार्थीलाई शैक्षिक सामाग्री वितरण

धरान- १५ नमुना श्रुर्तीमार्ग टोलमा रहेको गृह श्रमिक महिला ढाका लघु उद्ममी समाज नेपालले देउसी भैलो बाट जम्मा भएको रकम