अमेरिकामा बस्दै आएकी सोनिया अधिकारीले झापा र मोरङका भुटानी शरणार्थी शिविरमा रहेका वृद्धवृद्धा र विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेकी छन्।
उनले दसैँ तिहारमा पाएको दक्षिणा र जन्मदिनको उपहारबाट जम्मा गरेको १४ लाख रुपैयाँ बराबरको सहयोग गरेको बताइन्।
शरणार्थी बालबालिकाहरूलाई कपी, पेन्सिल, ज्यामिति बक्स, र क्यालकुलेटरजस्ता शैक्षिक सामग्री प्रदान गरिएको थियो। सोनियाले यस सहयोगले शरणार्थीहरूलाई केही राहत मिल्ने आशा व्यक्त गरिन्।
उनको यस अभियानमा सामाजिक संस्था “इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका” पनि संलग्न थियो, जसले शरणार्थीहरूलाई मासिक सहयोग पुर्याउँदै आएको छ।