Roamwings.com

https://www.facebook.com/roamwingstravel/

समाज

धरान प्रवेशद्धार विश्वकर्मा मन्दिर क्षेत्रमा  सिसि क्यामेरा जडान, ट्राफिक निगरानी थप प्रभावकारी

संजिता धमला

धरान— पूर्वाञ्चल यातायात व्यवसायी संघ र कोशी बस व्यवसायी संघले संयुक्त पहलमा धरान प्रवेशद्धार स्थित विश्वकर्मा मन्दिरअघिको सडकमा दुईवटा सिसि क्यामेरा जडान गरेका छन्। बुधबार सम्पन्न कार्यक्रममा करिब ५० हजार रुपैयाँ लागतमा जडान गरिएका यी दश एक्स जुमका आइपी क्यामेराले सडकको उत्तर र दक्षिण क्षेत्रलाई निगरानी गर्नेछ।

यातायात व्यवस्थापन र अपराध नियन्त्रणमा योगदान पु¥याउने उद्देश्यले जडान गरिएका क्यामेराको कन्ट्रोल धरान जिल्ला ट्राफिक प्रहरी कार्यालयले गर्नेछ। सिसि क्यामेरा जडानले दुर्घटना अनुसन्धान र सवारी दुर्घटना न्युनीकरणमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

सिसि क्यामेरा जडान कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, धरान उपमहानगरका उपप्रमुख आइन्द्रविक्रम बेघा, इलाका प्रहरी कार्यालयका डीएसपी प्रकाश जबेगुल, र धरान ८ का अध्यक्ष धनबहादुर राईको पनि उपस्थिति थियो।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले