Roamwings.com

https://www.facebook.com/roamwingstravel/

स्वास्थ्य/जिवनशैली

धरान उपमहानगरपालिका WHO को स्वास्थ्य मापदण्ड पूरा गर्ने नगरपालिकाहरुको दोस्रो सूचीमा

संजिता धमला

धरानः धरान उपमहानगरपालिका विश्व स्वास्थ्य संगठन (WHO) को स्वास्थ्य मापदण्ड पूरा गर्ने नेपालका ४ नगरपालिकाहरूमध्ये दोस्रो स्थानमा पर्न सफल भएको छ।

यो उपलब्धिले सम्पूर्ण धराने समुदायलाई गर्व महसुस गराएको छ, किनकि धरानले कोभिड डेगुं लगायत स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताको भनाई छ। धरानलाई अझ स्वास्थ्य शहर बनाउने दिशामा थप सुधार र मापदण्डहरू पूरा गर्न केही कदमहरू उठाउनु आवश्यक रहेको उनले बताए।

यसै उदेश्यले उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुखमेहता नेतृत्वको टिम र KHDC Nepal का अध्यक्ष राजेन्द्र शर्मा नेतृत्वको टिम बीच पहिलो चरणको महत्त्वपूर्ण छलफल सम्पन्न भएको छ। छलफलमा धरानको स्वास्थ्य सेवामा आवश्यक सुधारका उपायहरू, नयाँ योजनाहरू, एउटा ल्याबको आवश्य देखिएको र आगामी कदमहरूबारे विस्तृत रूपले विचार-विमर्श गरिने छ।

धरानलाई स्वास्थ्यको उत्कृष्ट उदाहरण बनाउने अभियानमा सामेल भएका सबैलाई बधाई दिंदै मेहताले भने, “धरानको स्वास्थ्य मापदण्डलाई अझ सुधार गर्न हामीले धेरै ठूला कदमहरू चाँडै नै उठाउनेछौँ।” KHDC Nepal का अध्यक्ष राजेन्द् शर्माले पनि धरानको स्वास्थ्य व्यवस्थालाई थप मजबुत बनाउन आफ्नो संस्था तत्पर रहेको बताए।

यो छलफलले धरानलाई स्वास्थ्य शहरका रूपमा स्थापित गर्ने दिशामा महत्त्वपूर्ण माइलस्टोन तय गरेको  धरानेहरुले सामाजिक संजालमा पोष्ट गरेका छन्।

छुटाउनुभयो कि ?

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।
धरान विशेष स्वास्थ्य/जिवनशैली

विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा 

विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन । प्रतिष्ठानका