धरान , सुनसरीको हरिनगर गाउँपालिकाबाट नेपाली नक्कली नोट सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय देवानगन्ज र प्रहरी चौकी घुस्कीहाटबाट खटिएको संयुक्त प्रहरी अधिकृतको टोलीले हरिनगर गाउँपालिका ७ बस्ने ३१ वर्षीय हजरूल खातुनलाई आज दउसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका खातुनको साथबाट नक्कली नेपाली नोट एक हजार दरका ५० थान र नियन्त्रित लागूऔषध नाइट्रोजन ट्याब्लेट १०, पतामा ट्याब्लेट १ सय थान रियलमी एन्डा«े मोबाइल एक थान सहित दिउँसो प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विशेष सुचनाको आधारमा घरमा खानतलासी गर्दा उक्त नक्कली नोट र सामान फेला पारी उनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।