धरान :तीन दिन लगातार परेको अविरल वर्षाका कारण बाढी पहिरो डुबान र अन्य विपदबाट कोशी प्रदेशमा १५ जनाको मृत्यु भएको छ भने,१३ जना घाइते भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयले विराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भिम बहादुर दाहालका अनुसार पाँचथरमा ५, सोलुखुम्बुमा ५, धनकुटामा २, उदयपुरमा १, झापामा १ र इलाममा १ गरि अहिलेसम्म जम्मा १५ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् जसमा बेपत्ता ८ जनाको खोजि कार्य भईरहेको उनले बताए ।
प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दाहालका अनुसार विपदका कारण ६४ वटा पशुचौपाया मरेका छन् १ हजार २०६ वटा घरपालुवा पक्षी मरेका छन् भने १९ वटा पक्की घर पूर्ण रूपमा भत्किएका छन् जसमा ५८ वटा पक्की घरमा आंशिक क्षति पुगेको छन् भने ३९ वटा घर पूर्णरुपमा क्षतिग्रस्त हुँदा ३३ वटामा आंशिक क्षति पुगेको उनले जानकारी दिए ।
विपदका कारण ६ वटा सरकारी कार्यालय, १३ वटा गोठ क्षतिग्रस्त ४ वटा सवारी साधन र १३ वटा पुल तथा कल्भर्ट बाढीले बगाएको छ । बाढी पहिरोमा परी ५४२ घरधुरी प्रभावित बनेका छन् जसमा सबै भन्दा बढी झापामा ३०४, मोरङमा १२० घरधुरी प्रभावित बन्दा सुनसरीमा ४९ धनकुटामा १६, उदयपुरमा ३६ र खोटाङमा २७ घरपरिवार प्रभावित भएका छन् ।
प्रवत्ता दाहालका अनुसार ४०९ घर स्थानान्तरण गरिएको छ भने १ हजार ६५० घर परिवार सङ्ख्या स्थानान्तरण गरिएको छ । जसमा ९९ घर अहिले पनि उच्च जोखिममा रहेको उनले बताए ।
बाढी, पहिरो र डुबानबाट भएको क्षतिको खोज, उद्धार र राहतका लागि प्रदेशभरमा १ हजार ९२ जना प्रहरी परिचालित गरिएको छ ।
अहिलेसम्म ५९ ठाउँका सडक अवरुद्ध भएको छ जसमा झापामा २, इलाममा ६, पाँचथरमा १०, ताप्लेजुङमा १, मोरङमा १, सुनसरीमा ४, धनकुटामा ७, तेह्रथुममा ५, सङ्खुवासभामा १, उदयपुरमा ५, खोटाङमा १०, ओखलढुङ्गामा २ र सोलुखुम्बुमा ५ स्थानमा सडक अवरुद्ध भएको छ ।