Roamwings.com

https://www.facebook.com/roamwingstravel/

समाज

अवैध यौन व्यवसाय चलाउने तीन पक्राउ, धरानमा प्रहरीको छापा

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नविनकृष्ण भण्डारीले जानकारी दिएअनुसार, पक्राउ पर्नेमा होटल सञ्चालक पेमा ल्हामु शेर्पा र दुई अन्य पुरुष र महिला छन्। प्रहरीले अनुसन्धान जारी रहेको भन्दै अन्य पक्राउ परेकाहरूको नाम गोप्य राखेको छ।

प्रहरीले मंगलबार होटलमा छापा मारेपछि, शेर्पाले होटलमा आउने ग्राहकहरूसँग पैसाको लेनदेन गर्दै अवैध यौन क्रियाकलापमा संलग्न रहेको पाइएको छ। अनुसन्धानका क्रममा प्रहरीले भेटाएको विवरण अनुसार, ग्राहकहरूले प्रति रात ५ हजार तिर्ने गरेको र त्यसमा १५ सय होटल भाडा तथा १ हजार होटल सञ्चालकको कमिसनका लागि छुट्याइने गरेको खुलेको छ।

प्रहरीका अनुसार, यौन व्यवसायका लागि होटलमा आधा दर्जनभन्दा बढी युवतीहरू राखिएको थाहा पाएपछि छापा मारिएको हो। इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले यस किसिमको अवैध गतिविधिलाई नियन्त्रण गर्न प्रहरी सक्रिय रहेको बताए। धरानमा अवैध यौन व्यवसाय बन्द गराउन प्रहरीले यस किसिमका गतिविधिहरूको पहिचान गर्दै, कानुनी कारबाही अगाडि बढाएको छ।

यस्तो छ कानुनी पक्ष
यस प्रकारको अवैध गतिविधि नेपालमा ‘व्यवसायिक यौन क्रियाकलाप नियन्त्रण ऐन, २०६३’ अन्तर्गत गैरकानुनी मानिन्छ। उक्त ऐन अनुसार यौन व्यवसायमा संलग्न व्यक्तिहरूलाई जरिवाना र कैदको सजाय हुने व्यवस्था छ। यस्तै, होटल सञ्चालन गर्दै यौन व्यवसायमा मुछिएका व्यक्तिहरूलाई पनि कानुन बमोजिम कारबाही गरिने प्रावधान छ।

प्रहरीको छानबिनले धरानको अन्य स्थानहरूमा पनि यस प्रकारका अवैध गतिविधिहरू भइरहेका छन् भन्ने उजुरीहरू पाइएको छ, र छिटै यस्ता अवैध कामलाई अन्त्य गर्न थप कारबाहीहरू हुने डिएसपि जबेगुको भनाई छ।यस अघि सार्वजनिक सुनुवाईमा पत्रकार संजिता धमलाले धरानको यौनधन्दाको बिषयमा खबरदारि गरेकि थिईन भने प्रहरीले त्यसपछि यो बिषयलाई गम्भिर रुपमा लिएर विभिन्न होटलहरुमा छापा मार्दै आएको छ। धमलाले यस बिषयमा निकै आलोचना समेत सामना गर्नु परेको थियो ।

सम्बादाता ,संजिता धमला

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले