Roamwings.com

https://www.facebook.com/roamwingstravel/

समाज

इटहरीमा विद्युतीय बस सेवा सञ्चालन सुरु

धरान सुनसरी २ असोज ः सुनसरीको इटहरी उपमहानगरपालिकाले आज असोज २ गतेबाट विद्युतीय बस सेवा सञ्चालन सुरु गरेको छ ।
नगर क्षेत्रमा सहुलियत बस सेवा सुरु गर्ने उद्देश्यले खरिद गरिएको चार वटा विद्युतिय बस आजबाट सञ्चालनमा ल्याइएकोे इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले जानकारी दिए ।
  यस कार्यले स्थानीय नागरिकको यात्रामा सहजताको लागि “इटहरीका चारवटै क्षेत्रलाई समेट्ने गरी रुट तयार गरि सञ्चालन सुरु गरिएको उनले बताए ।”
सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएको अवस्थामा, नगरपालिकाले यस कदमलाई नागरिकहरूको यात्रालाई सहज र सुविधाजनक बनाउने प्रयासको रूपमा लिएको इटहरी उपमहानगरपालिका ६ का अध्यक्ष दिवस पोख्रेलले बताए ।
  उनले भने, नागरिकलाई सहुलियतपूर्ण ढंगमा सेवा उपलब्ध गराउन बसको सेवा शुल्क रू. २० तोकिएको छ । जुन बस सञ्चालन भने बिहान ७ बजेबाट ११ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुकी ७ बजेसम्म नियमित सञ्चालन गरिने अध्यक्ष पोख्रेलले बताए ।
बस सञ्चालनको लागि बनाइएको रुट अनुसार धरान ,विराटनगर सडकमा तरहरादेखि इटहरी उपमहानगरपालिका १३ को अरिहन्त मल्टिफाइवर्ससम्म, पूर्व–पश्चिम सडकमा बुढी खोला ९ मिलन चोक देखि लगुना चोक बिजुली अफिससम्म, इटहरीबाट साथी फ्यूल, वडा नं १० टावर हुँदै वडा नं ११ खेटीपुल, नहरको बाटो हुँदै इटहरी, इटहरीबाट तरहरा, भवानीपुर, कान्छी चोक, पकली हुँदै इटहरी, इटहरीबाट तालतलैया, त्रिभुवन चोक, देविस्थान हुँदै पुन त्रिभुवन चोक, हवाई चोक, आँपगाछी हुँदै इटहरी , इटहरीबाट लविपुर, वडा नं १६, १५ को चाँदवेला सीमाना हुँदै वडा नं १७ कार्यालय र कान्छी चोक हुँदै इटहरी बस सेवा  सञ्चालन हुने नगरप्रमुख हेम पौडेललले जानकारी दिए ।
उक्त चार वटा विद्युतिय बस गत साउन २२ गते रु.६ करोड ३६ लाख ८६ हजारको लागतमा बस खरिद गरि इटहरी ल्याइएको इटहरी उपमहानगरपालिकाका इञ्जिनियर रुपेश आचार्यल बताए । उनले भने, उक्त बसहरूले वातावरणमा सकारात्मक प्रभाव पार्दै सस्तो र भरपर्दो यातायात सेवा उपलब्ध गराइएको छ भने “बसमा जीपीएस जडान, सीसी क्यामेरा, एसी ,ह्यूल चियरलगायतका अन्य सुविधाको व्यवस्थापन गरी सूचना प्रविधिमैत्री बनाइएको छ ।”

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले