Roamwings.com

https://www.facebook.com/roamwingstravel/

समाज

इटहरीबाट लुटपाटमा संलग्न सात जनालाई प्रहरीद्धारा पक्राउ

धरान :इटहरी उपमहानगरपालिका क्षेत्रमा लुटपाट गर्ने सात जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ ।
इटहरीमा क्षेत्रमा घुम्न आउने पर्यटकहरूलाई आतंकित पारी लुटपाट गर्ने सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नविन कृष्ण भण्डारीले जानकारी दिए ।
उहाँका अनुसार इटहरी तालतलैया क्षेत्रमा आउने पर्यटकहरूलाई आतंकित पारी सांगठनिक रुपमा नगद र गरगहना लुटपाट गर्ने सातजनालाई पक्राउ गरिएको हो । झापा बाह्रदशी गाउँपालिका–३ राजगढका २२ वर्षीय अमन भगत र २३ वर्षीय निखिल भगतलाई तालतलैया घुम्न आएको समयमा बाटो छेकेर चक्कु देखाउँदै २ लाख लुटपाट गरी फरार भएका थिए ।
उक्त घटना सम्बन्धमा पीडितहरूले इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दिएपछि प्रहरी परिचालन गरी लुटपाटमा संलग्नहरुलाई खोजी गरि पक्राउ गरिएको डीएसपी भण्डारीले बताए ।

  पक्राउ पर्नेमा रामधुनी नगरपालिका–३ को २२ वर्षीय अनिस कोइराला, १९ वर्षीय शुसन थापा, इटहरी उपमहानगरपालिका–४ को २४ वर्षीय  विशाल तामाङ, १८ वर्षीय सुनिल बस्नेत, १८ वर्षीय निश्चल बस्नेत वडा नम्बर ७ को १८ वर्षीय साकार भण्डारी तथा इटहरी उपमहानगरपालिका–४ का २४ वर्षीय विशाल तामाङ र वडा नम्बर १६ का १८ वर्षीय रिचन खत्री रहेका छन्।
उनीहरूको साथबाट रु.३ लाख २ सय ५५ रुपैयाँ नगद, सहित चक्कु, ओकेटोके हेण्ड सेट र मोबाइल बरामद गरिएको उहाँले बताउनुभयो । पक्राउ परेका सातै जनालाई सुनसरी जिल्ला अदालतमा पेस गरी पाँच दिनको म्याद थप गरेर इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले