धरानमा तेस्रो अन्तर स्कुल मेजर श्रवण कुमार लिम्बु मेमोरियल डिपो बास्केटबल रनिङ कप प्रतियोगिता भर्दौ अन्तिम साता हुने
विद्यालय स्तरबाटै बास्केटबल खेलको विकास गर्ने उद्धेश्यले धरानमा तेस्रो सस्करणको अन्तर स्कुल मेजर श्रवण कुमार लिम्बु मेमोरियल डिपो बास्केटबल रनिङ कप–२०८१ प्रतियोगिता आउदो भर्दौ अन्तिम साता हुने भएको छ ।
डिपो माविको आयोजता तथा धरान बास्केटबल सघ र सुनसरी बास्केटबल सघको सयुक्त सयोजनमा भर्दौ २७ देखी ३१ गते हुने भएको हो । धरान–१८ स्थित डिपोटको आफ्नै बास्केटबल कोर्टमा हुने प्रतियोगितामा सुनसरी, झापा, मोरङलगायत करिब १६ वटा विद्यालयहरुको सहभागीता रहने आज आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक राजकुमार राईले बताए । प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीहरुले मात्र सहभागीता पाउने उनले बताए । प्रतियोगिताको विजेताले नगद १५ हजार र उपविजेताले नगद ७ हजार ५ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै, विधागत पुरस्कारतर्फ मोस्ट भ्याल्लुयवल प्लेयर र हाइ स्कोररले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता नकआउटको अधारमा हुने बास्केटबल प्रशिक्षक विकास चाम्लिङले बताए । दोस्रो सस्करणको विजेता धरानको होलिल्याण्ड इन्टरनेशल स्कुल रहेको थियो ।
दिबगत मेजर श्रवण कुमार लिम्बु १६ वर्ष यस विद्यालयको व्यावस्थापन समितिको अध्यक्षमा रहेर योगदान पुर्याएका थिए । उनको नेतृत्वमा डिपो स्कुललाई प्लस टु स्तरबृद्धि गर्दै डिपो आदर्श बहुमुखी क्याम्पस समेत सञ्चालनमा रहेको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष खद्ग समशेर लिम्बुले बताए । दिबगत लिम्बुको कोरोना महामारीमा परी २०७८ श्रावण १५ गते निधन भएको थियो ।