३१श्रावण धरान : सुनसरीको बराहक्षेत्र नगरपालिकाले क्लीन बराहक्षेत्र अभियान सुरु गरेको छ । नगरपालिकाले २ बर्ष देखि निरन्तर यो अभियान गर्दै आएको कार्यक्रम जुन जनप्रिय र प्रभावकारी भएको भन्दै यस बर्ष पनि बुधबारबाट सरसफाई अभियान कार्यक्रम सुरु गरेको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले बताए ।
गरपालिकाले चलाएको अभियान सुनसरीको बराहक्षेत्र नगरपालिका १०,११, ९ ,५ र बराहक्षेत्र मुख्य चौक र त्यस क्षेत्र आसपासमा रहेका मठमन्दिर , धर्मशाला , स्वास्थ्य चौकी, औलीया मठ परिसरलगायतका क्षेत्रलाई मुख्य प्राथमित्ता राखेर सरसफाइ गरिने नगर प्रमुख कार्कीले बताए ।
उनले भने, बराहक्षेत्र चतराधाममा रहेको बराहक्षेत्र मन्दिरमा मानिसको चहलपहल धेरै हुने भएकोले बढी मात्रामा मन्दिर क्षेत्रमा सरसफलाईमा ध्यान दिनु परेको बताए ।
ससफाई अभियानमा सबै नगरबासीको साथ र सहयोग आवश्यक रहेको आर्थिक विकास संयोजक तेक बहादुर गुरुङ्ले बताउनुभयो । उहाँले हाम्रो बराहक्षेत्र राम्रो बराहक्षेत्र बनाउनु पर्नेमा सबै लागि पर्नुपर्ने बताए ।
अभियानको क्रममा पछिल्लो समय डेङ्गुको संक्रमण बढ्दै गएकोले नगरपालिकाले सडकहरुको सरसफाइ र डेङ्गुको लार्भा नष्ट गर्दै आप्mनो घर अगाडि फोहोर व्यवस्थापन गर्न र पानी जम्ने खाल्टाखुल्टीहरुमा पानी जम्न नदिन सबै नगरवासीहरुलाई नगरपालीकाले अनुरोध गर्दै आएको नगरपपालिकाका नगरप्रमुख कार्कीले बताए ।
यो अभियान अत्यन्तै उत्कृष्ट र जनमुखी भएको भन्दै सरसफाई कार्यक्रममा स्थानीय, स्थानीय जनप्रतिनिधि,बुद्धिजिवि, राजनीति दलका नेता ,स्थानीय संघसंस्था ,नेपाल प्रहरी र नगरप्रहरीलगायतको सहभागीता रहेको छ ।