Roamwings.com

https://www.facebook.com/roamwingstravel/

समाज

वराहक्षेत्र चतरा धाममा वराह जयन्ती मनाइँदै

२३ श्रावण धरान :आज श्रावण महिनाको शुक्ल पक्षको तृतीया तिथिको दिन भगवान् वराहको प्राकट्य उत्सवका अवसरमा सुनसरीको वराहक्षेत्र चतराधाममा वराह जयन्ती मनाइँदैछ ।
वराह जयन्तीका अवसरमा मङ्गल यात्रा उत्सव, प्रातः कालीन भगवानको स्नान यात्रा, दूग्ध अभिषेकपछि विशेष पूजा अर्चना गरिरहेको बराहक्षेत्र मन्दिरका मूल पुजारी किरण भण्डारीले जानकारी दिउ ।
मन्दिरमा विहानदेखि गीता पाठ, वराह चरित्र पाठ, वराह भगवानको अर्चना साथै विशेष पूजा गरेर भगवान् वराहको जन्मोत्सव मनाइदै छ ।
  धरणी र भगवान वराहबीचको प्रेमका प्रतीक समेत मानिने वराहक्षेत्रधाम तीर्थमा भक्तजन उपस्थित भएर भगवान् बराहको जन्मजयन्तीको दिन व्रत बस्ने, पूजाअर्चना गर्ने गरिन्छ,“ मूल पुजारी भण्डारीले भने, “वराह भगवान्  सहित लक्ष्मी, पाञ्चायन, गुरु वराह, सूर्य वराह, कोकावराह, नागेश्वर लगायतका देवीदेवताको आरधना गर्ने गरिएको छ ।“
वराहक्षेत्र धाममा विराजमान वराह भगवान् विष्णुका दस अवतार मध्ये तेस्रो अवतार मानिन्छन् । सत्य युगमा डुब्न लागेको पृथ्वीलाई भगवान् विष्णुले वराह ( बँदेल) अवतार लिई पृथ्वीको उद्धार गरेको शास्त्रमा उल्लेख  छ ।
  पण्डित योगेश भण्डारीका अनुसार सोही शास्त्रसम्मत विधानलाई मानेर वराहक्षेत्रधामलाई संसारको पहिलो तीर्थको रूपमा व्याख्या गर्ने गरिएको छ ।
  वराहक्षेत्रमा एक हजार पाँच सय वर्ष अघिका पुरातात्विक प्रतिमा र मूर्तिहरु रहेको बताइन्छ । ब्रह्मण पुराण, वराह पुराण र स्कन्दपुराण लगायतका धार्मिक ग्रन्थहरुमा वराहक्षेत्रको महात्म्य रहेको औलिया मठ चतरा गद्दीका महन्त विनायक पुरीले जानकारी दिए ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले