Roamwings.com

https://www.facebook.com/roamwingstravel/

समाज

४२ जना लागुऔषध करोबारी पक्राउ

२२श्रावण धरान : सुनसरीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टरले गएको एक वर्षमा लागुऔषधसहित ४२ जनालाई पक्राउ गरेको छ । सुनसरीका पहाडी नाका र भारततर्फका नाकामा विशेष निगरानी गरिएकाले लागुऔषधसहित कारोबारमा संलग्न व्यक्ति पक्राउ पर्नेक्रम बढेको सशस्त्र प्रहरी बल नम्बर ४ हेडक्वार्टरका प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले बताए ।

गत आवमा गाँजामात्र एक हजार एक सय तीन केजी नियन्त्रणमा लिएको थियो । त्यस्तै ब्राउन सुगर ५७ दशमलव ८३ ग्राम, ट्रामाडोल २३ हजार सात सय एक थान, स्मास्पो प्रोभेक्सिभोन छ सय ९९ थान, नाइट्राजेपाम एक सय ८२ थान, डाइजिपाम २६ थान, बुप्रेनफिन २७ थान, लुपी÷टिटी जेसिक ४० थान र डाइकोलिक दुई सय थान नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

उक्त अवधिमा लागुऔषध ओसारपसारमा प्रयोग भएका दुई वटा एम्बुलेन्स, १२ वटा मोटरसाइकल र एउटा अटो पनि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक बज्राचार्यले बताए ।

भारतसँग खुला सीमानाका भएका कारण अधिक रुपमा लागुऔषध ओसारपसार हुने गरेको छ । नेपालका पहाडी क्षेत्रबाट भारततर्फ गाँजा लैजाने क्रम बढेको पाइएको छ ।  लागुऔषधका कारोबारीले नेपालबाट भारततर्फ गाँजा लैजाने र अन्य लागुऔषध भारतबाट नेपालतर्फ ल्याउने गरेका सशस्त्र प्रहरी उपरीक्षक बज्राचार्यले बताए ।

सप्तकोशी नदीको जलमार्ग र लागुऔषध ओसारपसार हुने क्षेत्रको रेखाङ्कन ती सबै ठाउँमा सुरक्षा व्यवस्थापन कडाइ गरिएको छ । सबैभन्दा धेरै लागुऔषध ओसारपसारको ‘ट्रान्जिट प्वाइन्ट’ सप्तकोशी नदीको जलमार्गमा सुरक्षा कडाइ गरिएको सुनसरी जिल्ला प्रमुख रामचन्द्र तिवारीले बताए ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले