Roamwings.com

https://www.facebook.com/roamwingstravel/

राजनिती

खानेपानी बोर्डको तालाबन्दी तत्काल खोल्न उच्च अदालतको  आदेश

२२श्रावण धरान:खानेपानी महसुस अत्यधिक वृद्धि गरिएको भनि धरानका १० राजनीतिक दलहरूले खानेपानी बोर्डमा तालाबन्दी गरेका थिए! उक्त  लगाएको ताला खोल्न उच्च अदालत विराटनगरले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश राजेन्द्र अधिकारीको इजलाशले उत्प्रेषण परमादेश माग भएको निवेदनमा साउन २८ गतेसम्मको लागी खानेपानी बोर्डमा तालाबन्दी नगर्नु नगराउनु भन्ने अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अदालतले तत्काल ताला खोलेर खानेपानीको नियमित सेवा सन्चालन गर्न दिनु, खानेपानीको व्यवस्थापन, वितरण एवं संचालनमा कुनै अवरोध नगर्नु नगराउनु भनी विपक्षीहरुको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
अदालतले निवेदकको माग वमोजिम अन्तरिम आदेश बारे भने साउन २८ गते दुवै पक्षलाई छ्लफलको लागि पेशी तारेख पनि तोकेको छ । खानेपानीको महशुल वृद्धि गरेपछि धरानका १० राजनीतिक दलहरूले चरणवद्द आन्दोलन गर्दै खानेपानी बोर्डको अध्यक्ष, कार्यकारी निर्देशक र लेखा शाखामा तालाबन्दी गरेको छ भने विल काउण्टरहरुमा पनि तालाबन्दी गरेको छ ।
त्यसविरुद्ध  मेयर हर्कराज राईले १० राजनीतिक दलका अध्यक्ष तथा प्रेश विज्ञप्तिमा हस्ताक्षरकर्ताहरुलाई विपक्षी बनाई उच्च अदालतमा मुद्दा हालेका थिए ।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद