धरान : सुनसरीको दुहवीबाट ६ वर्षीया बालिकालाई अपहरणमा संलग्न तनि जनालाई प्रहरीले पक्राउ गरेको छ ।
घटनामा संलग्न विराटनगर महानगरपालिका–६ का ५० वर्षीय सञ्जय पासवान, विराटनगर–१० मा सञ्जयका आफन्त ५० वर्षीय कलानन्द पासवान र ४० वर्षीया सरिता पासवानलाई पक्राउ गरेको प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार विराटनगरका ५० वर्षीय सञ्जयले बालिकाको अपहरण गरी कलानन्द र सरिताको डेरामा ल्याएर राखेका थिए ।
बालिका गत मंगलबार दिउँसो ३ बजेतिर दुहबी मामा घरमा खेलीरहेको अवस्थामा हराएकी थिइन् । बालिका हराएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय दुहवीले खोजी गर्ने क्रममा बुधबार बिहान विराटनगर–१० बाट उद्दार गरेको थियो ।
पक्राउ परेका तीनै जनालाई सुनसरी जिल्ला अदालतबाट आज बिहीबार पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नवीन कष्ण भण्डारीले जानकारी दिए