Roamwings.com

https://www.facebook.com/roamwingstravel/

मौसम

आजको मौसम अप्डेट : आज देशैभर भारीदेखि  मध्यम वर्षाको सम्भावना

१५श्रावण धरान:हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।
देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति देशभर साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक-दुई स्थानमा भारी देखि धेरै भारी  वर्षाको पनि सम्भावना रहेको छ।

छुटाउनुभयो कि ?

मौसम

केही प्रदेशमा वर्षाको सम्भावना,

काठमाडौँ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार
मौसम स्वास्थ्य/जिवनशैली

बर्दिया अस्पतालमा बिरामीको चाप , ‘लू’ को जोखिम उच्च

सरदर ओपीडीको रेर्कडमा बिरामीको संख्या २५० हुनुपने हो तर, बर्दिया अस्पतालमा सोमबार बिरामीको संख्या (४००) ह्वात्तै बढ्दा रेकर्ड ब्रेक भयो