Roamwings.com

https://www.facebook.com/roamwingstravel/

भौतिक तथा निर्माण

भेडेटारमा स्काईवाक आजबाट सञ्चालनमा

११ श्रावन धरान;भेडेटारमा निर्माण गरिएको स्काईवाक आज देखी सञ्चालनमा आएको छ । कोसी प्रदेश लगानी प्राधिकरण, धनकुटाको साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको समन्वयमा निर्माण गरिएको स्काईवाक आजबाट सञ्चालनमा आएको हो । वन्डर्स एम्युजमेन्ट पार्क एन्ड अट्रयाक्सन्स प्रालीको २० करोड रुपैयाँको लगानीमा निर्माण गरिएको स्काईवाकको कोसी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले उद्घाटन गरेका छन् ।

भिडियो हेर्नुहोस


धनकुटा र सुनसरीको सीमा स्थलमा रहेको भेडेटार आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको केन्द्र मानिन्छ । स्काईवाक सञ्चालनबाट त्यस स्थानको थप आकर्षण बढ्ने परियोजनाका कार्यकारी निर्देशक सञ्जीव रोक्काले जानकारी दिए । परियोजना सञ्चालनका लागी कोसी प्रदेश लगानी प्राधिकरणले २५ वर्षका लागि अनुमति दिएको जनाइएको छ ।
५० मिटर लम्बाइ रहेको स्काईवाक क्यान्टलिभिर टावरको मोडलमा निर्माण भएको परियोजना निर्देशक रोक्काले बताए । एक पटकमा दुई सय जना हिँड्न सकिने उक्त स्काईवाकको उचाइ १ सय, चौडाइ ४ मिटर र घुम्तीमा १० मिटरको रहेको छ । चार बर्स अघि कोसी प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईको पालामा सम्झौता भई उक्त स्काइवाक निर्माण थालिएको थियो ।

छुटाउनुभयो कि ?

भौतिक तथा निर्माण

१० वर्षसम्म पनि बन्न सकेनः गेउरिया पुल

धरान: मोरङको कानेपोखरी रङ्गेली सडका रहेको गेउरिया पुल १० वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । कानेपोखरी गाउँपालिका–२
भौतिक तथा निर्माण

सुनसरी जिल्लामा रहेका ५२ प्रतिशत  सार्वजनिक भवनहरु असुरक्षित’ प्रतिबेदनमा उल्लेख

२७ असार २०८१ धरान: सुनसरीका ५२ प्रतिशत सार्वजनिक भवन असुरक्षित रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । सुनसरी जिल्लाका सार्वजनिक