३ श्रावण २०८१,धरान विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न गएका एक्सरेको लाईनमा बसिरहेको अबस्थामा धमलालाई गर्धनमा समाई, कपाल जगल्टाई घिसारी लछारपछार पारी अभद्र व्यवहार गरेको भनि जाहेरीमा उल्लेखित ७ (सात) जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
संजिता धमलाको जाहेरीका आधारमा अनुसन्धान अघि बढाईएको र अभद्र व्यवहार सम्बन्धी कसूरमा पक्राउ गरिएका ७ (सात) जनाको हकमा श्री जिल्ला प्रशासन कार्यालय सुनसरीबाट म्याद थप गरि अनुसन्धान भइरहेको छ ।
अभद्र व्यवहारमा संलग्न भएको आधारमा जिल्ला सुनसरी धरान उप–महानगरपालिका १५ बस्ने बर्ष ४२ की चन्द्रकला धरान १९ बस्ने बर्ष ३४ की मुना राई, धरान १७ बस्ने बर्ष ५६ की प्रमिला राई,धरान ११ बस्ने बर्ष ४५ की शर्मिला राई, १ बस्ने बर्ष ५२ की शर्किनी थापा मगर,धरान १७ बस्ने बर्ष ४० की पूर्ण वान्तावा राई र धरान १७ बस्ने बर्ष ३५ की सिर्जना बेघालाई पक्राउ गरीएको छ ।
पक्राउ गरीएका प्रतिवादीहरूलाई जिल्ला सरकारी वकिल कार्यालय सुनसरी मार्फत श्री जिल्ला प्रशासन कार्यालय सुनसरीमा ७ (सात) दिनको म्याद थप गरि सुनसरीको हिरासतमा राखी थप अनुसन्धान गर्ने कार्य भईरहेको र घटनामा संलग्न भई फरार रहेका अन्य प्रतिवादीहरूको खोजी कार्य भइरहेको सुनसरी जिल्ला प्रहरी प्रमुख नवीन कृष्ण भण्डारीले जानकारी दिए ।