Roamwings.com

https://www.facebook.com/roamwingstravel/

मौसम

आजको मौसम

३ श्रावण २०८१धरान:कोशी,मधेस, बाग्मती,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा ,
ः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देशभर साधारणतया बदली रही गण्डकी, कोशी, बागमती लुम्बिनी, मधेस, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा  मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बाग्मती  र सुदुरपश्चिम प्रदेशका एक–दुई  स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा कोशी,बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस,गण्डकी र सुदूरपश्चिम  प्रदेशका एक–दुई  स्थानमा भारी  वर्षाको सम्भावना  छ ।
आगामी २४ घण्टामा देशभर आंशिक देखि साधारणतया बदली रहने  जनाउँदै विभागले कोशी,मधेस, बाग्मती,गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेकोले  ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयबाट बच्न अनुरोध गरेको छ ।

छुटाउनुभयो कि ?

मौसम

केही प्रदेशमा वर्षाको सम्भावना,

काठमाडौँ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार
मौसम स्वास्थ्य/जिवनशैली

बर्दिया अस्पतालमा बिरामीको चाप , ‘लू’ को जोखिम उच्च

सरदर ओपीडीको रेर्कडमा बिरामीको संख्या २५० हुनुपने हो तर, बर्दिया अस्पतालमा सोमबार बिरामीको संख्या (४००) ह्वात्तै बढ्दा रेकर्ड ब्रेक भयो