Roamwings.com

https://www.facebook.com/roamwingstravel/

भौतिक तथा निर्माण

सुनसरी जिल्लामा रहेका ५२ प्रतिशत  सार्वजनिक भवनहरु असुरक्षित’ प्रतिबेदनमा उल्लेख

२७ असार २०८१ धरान: सुनसरीका ५२ प्रतिशत सार्वजनिक भवन असुरक्षित रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । सुनसरी जिल्लाका सार्वजनिक भवनको बहुप्रकोपीय द्रुत दृश्यात्मक सर्वेक्षण प्रतिवेदनले उक्त तथ्य प्रस्तुत गरेको हो । उक्त प्रतिवेदनबारे इटहरीमा छलफल गरिएको थियो । प्रतिवेदन अनुसार विद्यालयका भवनहरु भूकम्पलगायत विपद्लाई थेग्न नसक्ने देखिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर इन्जिनियर तथा शाखा प्रमुख सुदीप विक्रम भट्टले बताए । भट्टका अनुसार सुनसरीलगायत १३ जिल्लामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दक्ष प्राविधिकद्वारा अध्ययन गरेको थियो । प्राधिकरणले सुनसरीका २० प्रतिशत सरकारी तथा सार्वजनिक भवन भत्काएर पुनःनिर्माण गर्नुपर्ने देखिएको जनाएको छ । सुनसरीका १२ स्थानीय तहमध्ये सबैभन्दा सुरक्षित गढी गाउँपालिकाको भवन र सबैभन्दा असुरक्षित सुनसरी देवानगञ्जका सरकारी भवन रहेको अध्ययनले देखाएको छ । ती भवनलाई विपद्बाट जोगाउन प्रारम्भिक रुपमा मर्मतसम्भार गर्नुुपर्ने अध्ययनमा उल्लेख छ । ती भवनहरु मर्मत गर्न रु तीन अर्ब ६७ करोड लाग्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर इञ्जिनियर तथा शाखा प्रमुख भट्टले जानकारी दिए । तत्काल यति ठूलो रकम व्यवस्था हुन नसक्ने भएकाले पालिकाले अब बनाउने सार्वजनिक भवन भूकम्पलगायत विपद्का जोखिमलाई मध्यनजर गरेर बनाउनुपर्ने प्रमुख जिल्ला अधिकारी रामचन्द तिवारीले बताए । कार्यक्रममा स्थानीय तहहरुका प्रमुख, उपप्रमुख, कार्यकारी अधिकृत, इन्जिनियर तथा विपद् व्यवस्थापन शाखाका विज्ञको उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

भौतिक तथा निर्माण

१० वर्षसम्म पनि बन्न सकेनः गेउरिया पुल

धरान: मोरङको कानेपोखरी रङ्गेली सडका रहेको गेउरिया पुल १० वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । कानेपोखरी गाउँपालिका–२
भौतिक तथा निर्माण

भेडेटारमा स्काईवाक आजबाट सञ्चालनमा

११ श्रावन धरान;भेडेटारमा निर्माण गरिएको स्काईवाक आज देखी सञ्चालनमा आएको छ । कोसी प्रदेश लगानी प्राधिकरण, धनकुटाको साँगुरीगढी गाउँपालिका र