Roamwings.com

https://www.facebook.com/roamwingstravel/

मौसम

बाढी पहिरोले एकै परिवारका सातसहित १० जनाको मृत्यु

२८ असार २०८१ धरान:पोखरा महानगरपालिकामा गएराति पहिराले घर पुरिँदा एकै परिवारका ७ जनाको मृत्यु  भएको छ ।
पोखरा महानगरपालिका वडा नं. १९ पुरुन्चौर ठाँटीका कुलबहादुर परियारको घर गएराति सवा १० बजे झरेको पहिरोले पुरिँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा कुलबहादुर परियार, मनकुमारी परियार, लक्ष्मी परियार, प्रशना परियार, प्रभाव परियार, अमित परियार र राधिका परियार छन् ।
पहिरोमा पुरिएका उक्त परिवारका २ जनाको उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
पहिरोले पोखरा-३२ चैनपुर र मादी-११ तल्लो साप्लेमा पनि थप ३ जनाले ज्यान गुमाएका छन्।
स्थानीय आरती ओझाको टिनले छाएको एक तले घर माथिबाट आएको पहिरोले पुरिँदा उनकी २ छोरीसहित ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा १८ वर्षीया अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र दाइको छोरा ९ वर्षीय प्रतीक सुवेदी छन् । घटनामा घरधनी ४० वर्षीया आरती घाइते भएकी छन् ।

छुटाउनुभयो कि ?

मौसम

केही प्रदेशमा वर्षाको सम्भावना,

काठमाडौँ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार
मौसम स्वास्थ्य/जिवनशैली

बर्दिया अस्पतालमा बिरामीको चाप , ‘लू’ को जोखिम उच्च

सरदर ओपीडीको रेर्कडमा बिरामीको संख्या २५० हुनुपने हो तर, बर्दिया अस्पतालमा सोमबार बिरामीको संख्या (४००) ह्वात्तै बढ्दा रेकर्ड ब्रेक भयो