धनकुटा: जनता समाजवादी पार्टी (जसपा) प्रदेश नम्बर १ समितिको पूर्ण बैठक पौष २७ गते शनिबार खोटाङ जिल्लाको बकैफोकट बजारमा बस्ने भएको छ।
पार्टी प्रदेश समितिका सभापति राम मानन्धरका अनुसार बैठकमा प्रदेश समितिको राजनीतिक, सांगठनिक, र आर्थिक प्रतिवेदन प्रस्तुत गरी पारित गर्ने तयारी छ। साथै, आगामी कार्ययोजनाहरूमा समेत छलफल हुने जानकारी दिए।
बैठक बिहान ७ बजे सुरु हुने र प्रदेश समितिका सदस्यहरूको मनोनयन, कार्यकारी समिति गठन, पार्टी निकायहरूको निर्माण, तथा विभिन्न विभागहरूको व्यवस्थापनमा छलफल हुने बताइएको छ। जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा सुरु हुने बैठकमा पार्टीको प्रदेश हकका विभिन्न निर्णयहरू लिने तयारी गरिएको छ।
बैठकमा अनुपस्थित सदस्यहरूलाई पार्टीको गतिविधिमा सक्रिय बनाउने विषयमा पनि व्यापक छलफल गरिनेछ। साथै, जसपा प्रदेश नम्बर १ कासम्पूर्ण राष्ट्रिय समितिका सदस्यहरूको सहभागिता रहने जानकारी पनि गराइएको छ।