Roamwings.com

https://www.facebook.com/roamwingstravel/

आर्थिक धरान विशेष

धरानः सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा माघ ९ देखि २५ गतेसम्म धरानमा ‘धरान एक्सपो २०८१’ हुने भएको छ।

सुनसरी उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरि एक्सपोले धरानको व्यापारिक, पर्यटन, र औद्योगिक क्षेत्रलाई प्रवर्द्धन गर्दै आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताएको छ।

धरान एक्सपो २०८१ मा १४२ वटा विभिन्न स्टलहरू राखिनेछन्, जसमा स्थानीय तथा राष्ट्रिय व्यापारीहरूका उत्पादनसँगै पाकिस्तान र बंगलादेशबाट आएका स्टलहरूले पनि भाग लिनेछन्। स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै व्यापार प्रवर्द्धन गर्न एक्सपोको आयोजना गरिएको हो। यस क्रममा शिक्षण संस्था, यातायात, बैंक, बीमा कम्पनीहरू, र अन्य व्यवसायिक प्रतिनिधिहरूको सहभागिता रहनेछ।

सुरक्षा व्यवस्थामा विशेष ध्यान

कार्यक्रममा सुरक्षालाई प्राथमिकता दिँदै नेपाल प्रहरी र सशस्त्र प्रहरीले दैनिक रुपमा सुरक्षा व्यवस्था मिलाउनेछन्। धरान नगरपालिकामा हुने यस एक्सपोले स्थानिय जनताको आर्थिक गतिविधिलाई चलायमान बनाउने र क्षेत्रीय विकासलाई बलियो बनाउने आशा आयोजकहरुले गरेका छन्।

सहभागी क्षेत्रहरू

धरान एक्सपो २०८१ मा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, वित्तीय संस्था, व्यापार, हस्तकला, र अन्य क्षेत्रमा व्यापक सहभागिता रहनेछ। मुख्यतः स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले एक्सपो आयोजना गरिएको हो।

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले धरान एक्सपोले धरान र वरपरका व्यवसायिक क्षेत्रलाई ठुलो फाइदा पुग्ने बताए। एक्सपो सफल बनाउन स्थानीय सरकार, धरान उपमहानगरपालिका, कोशी प्रदेश सरकार, र सम्बन्धित निकायहरूको महत्वपूर्ण भूमिका रहनेछ।

स्थानीय उद्यमशीलताको प्रवर्द्धन

यो एक्सपोले स्थानीय व्यवसायीहरूलाई ठुलो फाइदा पुर्‍याउने विश्वास गरिएको छ। धरान एक्सपो २०८१ मार्फत स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुका साथै आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा छ। कार्यक्रमको समापन माघ २५ गते हुनेछ।

धरान एक्सपो २०८१ ले व्यवसायिक क्षेत्रको प्रवर्द्धन, व्यापार वृद्धि, र स्थानीय उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य राखेको छ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।