नविन सेन्चुरि
धरानः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जेसिसको ५१औं राष्ट्रिय महाधिवेशनमा जेसिसको अनुशासन, नेतृत्व विकास, र उद्यमशीलता प्रवर्द्धन गर्ने भूमिकाको उच्च प्रशंसा गरेका छन्।
इटहरीमा आयोजित उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनपछि देशले विभिन्न क्षेत्रमा देखाएको प्रगति र विकासको चर्चा गरे।
ओलीले भने, “देशले धेरै हिसाबले प्रगति गरिरहेको छ। पूर्वाधार, आर्थिक विकास र रोजगारीका अवसरहरूमा व्यापक भिन्नता आएको छ।” प्रधानमन्त्रीले विशेष गरी मानव जातिको सुख र समृद्धिका लागि शालिनता, विनम्रता, र ज्ञानको सही प्रयोगको महत्त्वलाई जोड दिएका थिए।
उनले जेसिसको अनुशासन र सकारात्मक सोचलाई प्रशंसा गर्दै भने, “जेसिसले अरुलाई सम्मान गर्ने र मनोबल उच्च राख्ने प्रेरणा दिन्छ। यसले मुख छाड्न र गाली गर्न होइन, वातावरण जोगाउन सिकाउँछ।”
प्रधानमन्त्री ओलीले आफू सत्तामा नरहे पनि जेसिसप्रति सधैँ सम्मान रहने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले जेसिसले विश्व शान्ति र नेतृत्व विकासमा पुर्याएको योगदानको पनि चर्चा गरे।
कार्यक्रमको क्रममा विभिन्न क्षेत्रमा योगदान गर्ने प्रतिभाशाली युवाहरूलाई सम्मानित गरिएको थियो।
भिडियो–
https://www.facebook.com/61558623597864/videos/9263814847015149