Roamwings.com

https://www.facebook.com/roamwingstravel/

Uncategorized

गायिका समीक्षा अधिकारमाथि AI प्रयोग गरी चरित्रहत्या , साइबर ब्युरोमा न्याय खोज्छुः गायिका

धरानः गायिका समीक्षा अधिकारले हालै आफ्ना सामाजिक सञ्जालमा एक बयान सार्वजनिक गर्दै, आफूमाथि चरित्रहत्या गर्ने उद्देश्यले AI प्रयोग गरी भिडियो बनाएर भाइरल गरिएको घटनाप्रति गम्भीर प्रतिक्रिया व्यक्त गरेकी छिन्।

उनीमाथि विभिन्न टिकटकमा अत्यधिक छोटो कपडा लगाएको र ट्याटु खोपेका अश्लील फोटो तथा भिडियोहरू तयार पारेर चरित्रहत्या गर्ने काम भएको छ।

समीक्षाले आफ्नो भावनात्मक सन्देशमा भनेकी छिन्, “यदि यत्तिकै सिर्जनशीलता र समय राम्रो काममा खर्चिएको भए तपाईंहरू (जस्ले भिडियो बनाए)को वर्तमान र भविष्य उज्ज्वल हुनेथियो। मैले कानुनी उपचार खोज्नुपर्ने थिएन।

गायिकाले अब कानुनी उपचारका लागि साइबर ब्युरोमा न्याय खोज्दै गएको बताएकी छिन्। साथै, उनले यस्ता काममा लाग्नेलाई चेतावनी दिँदै अरूको चरित्रहत्या नगर्न र आफ्नो भविष्यको चिन्ता गर्न आग्रह गरेकी छिन्।

समाजमा प्राविधिक उपकरणहरूको दुरुपयोग गरेर अन्य व्यक्तिको चरित्र हत्या गर्ने क्रियाकलापहरू बढ्दै गएका बेला, गायिका अधिकारको यो प्रतिक्रिया कानुनी कार्यवाहीको आवश्यकता र यसले उत्पन्न गर्ने व्यक्तिगत, सामाजिक र कानुनी असरप्रति जनचेतना फैलाउने एक महत्त्वपूर्ण कदम बन्न पुगेको छ।

छुटाउनुभयो कि ?

Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा
Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा