Roamwings.com

https://www.facebook.com/roamwingstravel/

समाज

पुर्वान्चल क्याम्पसमा सांस्कृतिक यमरि फेस्ट: नेवारी नृत्य प्रमुख आकर्षण

धरानः पुर्वान्चल इन्जिनियरिङ क्याम्पसमा नेवा विद्यार्थी दबुले क्याम्पसमा १ दिने सांस्कृतिक फेस्टको आयोजना गरेको थियो, जहाँ नेवारी नृत्यलाई प्रमुख आकर्षणको रूपमा प्रस्तुत गरियो ।

यो कार्यक्रम नेवारी संस्कृति संरक्षण र प्रबर्द्धनको उद्देश्यले आयोजना गरिएको नेवा विद्यार्थी दबुकि सभापति परिधि श्रेष्ठले जानकारी दिईन। फेस्टमा मञ्जुश्री र कुमारी नृत्य देखाईएको थियो । जुन नृत्य गर्दा हॅास्न र दॅात देखाउन र बजेको गित पनि गाउन नमिल्ने मान्यता छ।

कार्यक्रममा क्याम्पसका विद्यार्थी, शिक्षक, र अतिथिहरूले उत्साहपूर्वक सहभागीता जनाएका थिए। नेवारी संस्कृतिको विशेष झलक प्रस्तुत गर्दै कार्यक्रमले विद्यार्थीहरूमा सांस्कृतिक चेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। फेस्टमा नेवारि पोशाकमा सजिएर नेवारि खाजा र यमरिका परिकार र पुराना नेवारि समूदायका तस्बिर रहेका थिए।

समिनन्द ब्रजाचार्यको सम्बोधन: भाषा र संस्कृतिको संरक्षणमा जोड

कार्यक्रमका प्रमुख अतिथि एसपी समिनन्द ब्रजाचार्यले नेवारी नृत्यको प्रशंसा गर्दै, आफ्नो सम्बोधनमा पहिचान जोगाउन भाषाको महत्वमा जोड दिए। उनले भने, “पहिचान जोगाउन भाषा बचाउनु जरुरी छ, तसर्थ आफ्नै भाषा बोल्दै आफ्नै मौलिक संस्कृतिको संरक्षण गर्नु सबैको कर्तव्य हो।” उनले भाषा र संस्कृतिको संरक्षणलाई समाजको दायित्वको रूपमा प्रस्तुत गरे।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले