Roamwings.com

https://www.facebook.com/roamwingstravel/

समाज

Roamwings.com: नेपालको डिजिटल पर्यटनमा क्रान्ति ल्याउने नयाँ होटल बुकिङ प्लेटफर्म बन्दै

संजिता धमला

धरानः नेपालको पर्यटन उद्योगमा डिजिटल रूपान्तरणलाई अगाडि बढाउँदै, १५ डिसेम्बर २०२४ मा Roamwings.com नामक नवीन होटल बुकिङ प्लेटफर्म सार्वजनिक गरिएको छ।

यो नयाँ सेवा यात्रुहरूको लागि सहज र प्रभावकारी बुकिङ अनुभव दिन तथा नेपालभरका होटेलहरूलाई ग्लोबल मञ्चमा पुर्याउने उद्देश्यले सुरुवात गरिएको कम्पनिले बताएको छ।

Roamwings.com ले ग्राहकहरूलाई नेपालका विभिन्न स्थानहरूमा रहेका होटेलहरूको विस्तृत सूची, स्थानको जानकारी, मूल्य तुलना, र समीक्षा जस्ता सुविधाहरू प्रदान गर्छ। यसले बुकिङ प्रक्रियालाई छरितो बनाउँदै गर्दा, ग्राहकले आवश्यकता अनुसार होटेलहरू सजिलै छनोट गर्न सक्छन्। साधारण बजेट होटेलदेखि ५ तारे स्तरका होटेलसम्मका विभिन्न विकल्पहरू रहेको यो प्लेटफर्मले देशका ग्रामीण क्षेत्रका होटेलहरूलाई पनि अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्न मद्दत गर्नेछ।

Roamwings.com का जनरल म्यानेजर आयुष गिरीले नयाँ प्लेटफर्मको महत्त्वबारे जानकारी दिँदै भने, “नेपालमा होटल बुकिङका लागि अन्तर्राष्ट्रिय साइटहरू जस्तै बुकिङ डट कम, एक्सपिडिया, Agoda आदिले ठूलो राजस्व नेपालबाट बाहिर लैजाने गर्छन्। Roamwings.com को मुख्य उद्देश्य यो राजस्व नेपालमै राख्दै, नेपाली होटेल र पर्यटन व्यवसायलाई प्रत्यक्ष लाभ दिनु हो।” उनले यस प्लेटफर्मले ग्राहकहरूको लागि पारदर्शी र सुविधाजनक सेवा दिने प्रतिवद्धता जनाए।

Roamwings.com वेबसाइटको प्रयोग निःशुल्क छ र ग्राहकले साइटबाट मात्र होइन, चाँडै नै उपलब्ध हुने मोबाइल एप्लिकेसनबाट पनि सजिलै बुकिङ गर्न सक्नेछन्। पुस महिनाभित्र सार्वजनिक गरिने यो एप्लिकेसनले यात्रा प्रेमीहरूलाई अझ सजिलो बनाउँदै, होटल बुकिङ प्रक्रिया मोबाइलबाटै तीव्र गतिमा गर्न सकिने सुविधा उपलब्ध गराउनेछ।

Roamwings.com ले ग्राहकहरूको सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै, सम्पूर्ण बुकिङ प्रक्रिया पारदर्शी र भरपर्दो बनाउन जोड दिएको छ। यसले केवल होटेल बुकिङलाई सरल बनाउने मात्र नभई नेपालको आन्तरिक र बाह्य पर्यटन प्रवर्धनमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ। साथै, यस प्लेटफर्मले नेपालको ग्रामीण क्षेत्रका होटेलहरूलाई डिजिटल रूपमा विश्वभरका पर्यटकसँग जोड्न मद्दत पुर्याउने विश्वास गरिएको छ।

Roamwings.com को सुरुवातले नेपालमा डिजिटल पर्यटन सेवामा नयाँ युगको सुरुवात गरेको छ, जसले नेपाल भ्रमणमा आउने पर्यटकहरूको अनुभवलाई अझ सहज, सुरक्षित र सुविधा सम्पन्न बनाउनेछ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले