संजिता धमला
धरानः भोजपुर निवासी र हाल धरानकी रक्षा किराँतीले सामाजिक संजालबाट ११ वर्षपछि आफ्नो गुरुद्वारा भएको यौन दुर्व्यवहारको पीडा सार्वजनिक गरेकी छन्।
उनले बाजेन्द्र राई नाम गरेका गुरुले आफूलाई कराँते सिक्दा काका भन्दै विश्वास जितेको तर पछि उनलाई यौन दुर्व्यवहार गरेको गम्भीर आरोप लगाएकी छन्। बाजेन्द्र राई भोजपुर बहुउद्देश्यीय कला केन्द्रका अध्यक्ष हुन् र माओवादी पार्टीसँग पनि सम्बन्धित रहेको उनले भिडियोमा बताएकि छिन्।
रक्षा बाल्यकालदेखि नै नाच्नमा रुचि राख्थिन् र कोरियोग्राफर बन्ने सपना देख्थिन्। तर, गुरुद्वारा भएको दुर्व्यवहारले उनलाई मानसिक तनावमा पारेको थियो। उनले आफ्नो पीडालाई समेट्दै भनिन्, “मलाई बाजेन्द्रले ठगे, उनका दुई छोरा थिए, जसलाई म माईती मान्थें। तर, उनैले मलाई यस्तो पीडा दिए मार्ने धम्कि दिएकाले उनले त्यो समयमा पीडा व्यक्त गर्नु नसकेको बताईन।”
रक्षा अहिले आफ्नो विवाहित जीवनमा छिन् र परिवारको सहयोगले आफूमाथि भएको अन्यायलाई उजागर गर्ने साहस जुटाएकी छन्। उनले भनेकी छन्, “मलाई यो कुरा बाहिर ल्याउन धेरै वर्ष लाग्यो, तर अब म आफैँ सबल भएकी छु। यो दुर्व्यवहारको लागि बाजेन्द्रले नेपालको कानुनअनुसार सजाय पाउनुपर्छ। कानुनी प्रक्रिया नभए पनि म सामाजिक कारबाहीको माग गर्छु। यस्तो व्यक्तिलाई समाजमा ठाउँ दिनु हुँदैन।”
रक्षाले सबैलाई सचेत रहन आग्रह गर्दै बाजेन्द्र राईलाई आगामी चुनावमा उठ्न लागेकाले यस्ता यौन पिपाषुलाई सत्तामा नलग्नु अपिल गरेकी छन्। उनले आफ्नो जीवनमा अब नयाँ उचाइ हासिल गर्न, सफलताको साथ अगाडि बढ्न र आफूलाई मानसिक रूपमा मजबुत बनाउनका लागि यो घटनाको पर्दाफास गरेको बताइन्।
उनको यो हिम्मतपूर्ण कदमले समाजमा यस्ता घटनाहरूविरुद्ध कडा कदम चाल्नुपर्ने आवाजलाई बल दिएको छ। यौन दुर्व्यवहारका दोषीलाई सजाय दिलाउनु मात्र होइन, सामाजिक न्याय पनि आवश्यक छ भन्ने कुरा यस घटनाले उजागर गरेको छ।
हाल सामाजिक संजालमा बाजेन्द्रको चर्को आलोचना भएको छ भने सबैले कारबाहिको माग गरेका छन्।