धरानः रगतको अभावलाई सम्बोधन गर्दै टक्सार भोजपुर नेवार खलले धरान–३ मा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ। “रगत अभावमा रगत राहत होस्” भन्ने उद्देश्यसहित गरिएको यस कार्यक्रममा नेवार खलद्वारा आयोजित खुला रक्तदान कार्यक्रम ६४ प्रिन्ट रगत संकलन भएको जानकारी आयोजक संस्थाका अध्यक्ष सजन कुमार ब्रजाचार्यले दिए।
कार्यक्रममा सहभागीहरूको उल्लेखनीय उत्साह र योगदानले यस अभियानलाई सफल बनाएको थियो। स्थानीयहरू तथा अन्य क्षेत्रबाट आएका व्यक्तिहरूले रक्तदान गर्दै सामाजिक उत्तरदायित्वको भावना देखाए। कार्यक्रमले रगत अभावका कारण हुने कठिनाइहरूलाई केही हदसम्म कम गर्न योगदान पुर्याउने आशा लिइएको छ।
टक्सार भोजपुर नेवार खलले यो अभियान मात्र होइन, संस्कृति संरक्षण र सामाजिक सेवामा पनि निरन्तर योगदान दिँदै आएको बताएको छ। उनीहरूका अनुसार यस किसिमका कार्यक्रमहरूले न केवल स्वास्थ्यको क्षेत्रमा योगदान पुर्याउँछन्, तर समाजको एकता र सहयोगी भावना पनि बलियो बनाउँछन्।
रक्तदान कार्यक्रममा सहभागी भएका सबैलाई धन्यवाद दिँदै भविष्यमा पनि यसरी नै समाज सेवामा अग्रसर रहने प्रतिबद्धता व्यक्त गरिएको थियो।