धरान, मंसिर – इलाका प्रहरी कार्यालय, धरानका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश जवेगू कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरद्वारा ‘BEST POLICE OF THE MONTH’ घोषणा भएका छन्। मंसिर महिनाका लागि उत्कृष्ट प्रहरी कर्मचारीको उपाधि पाएका जवेगूलाई विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना, उच्च मनोबल, र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेकोमा सम्मान प्रदान गरिएको हो।
धरानमा कार्यरत नायव उपरीक्षक जवेगूले मंसिर महिनामा उल्लेखनीय कार्यहरू सम्पन्न गरेका थिए। उनले धरान क्षेत्रको शान्ति सुरक्षा सुनिश्चित गर्दै विभिन्न अपराध नियन्त्रणका लागि ठोस कदम चालेका छन्। मंसिर ६ गते देखी मंसिर २८ गतेसम्म ४ वटा नम्बरी सरकारी नम्बर प्लेट लगाएका दुबै तर्फबाट लागू औषध कारोबारमा संलग्न रहेका सवारी साधन नियन्त्रणमा लिई कानुनी कारबाहीको लागि पठाएका थिए। लागू औषध जाँचका क्रममा १९,७१० ग्राम गाजा सहित, दुई जना प्रतिवादीहरू पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको उल्लेख गरिएको छ।
साथै, उनले १.१ टन लठ्ठा प्रयोग गरिएको अवैध सवारी साधन नियन्त्रण गर्न, धरानको मुख्य चोकमा राखिएका सवारीहरू नियमित रूपमा चेकजाँच गर्ने काम गरेका थिए। स्थानीय समुदाय र प्रहरीबीचको समन्वयलाई अझ बलियो बनाउन, उनले विभिन्न जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरेका थिए।
उनको उत्कृष्ट कार्य सम्पादनको कदर गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले उनलाई मंसिर महिनाको ‘BEST POLICE OF THE MONTH’ उपाधिले सम्मानित गरेको हो।