Roamwings.com

https://www.facebook.com/roamwingstravel/

शिक्षा

विराटनगरमा प्रहरीका लागि डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धरानः गरीमा विकास बैंक लिमिटेड, विराटनगर शाखाले प्रहरी कर्मचारीहरूलाई लक्षित गरी डिजिटल वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा आयोजित कार्यक्रमको प्रमुख आतिथ्य कोशी प्रदेश प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दहालको रहेको थियो ।
प्रशिक्षणका क्रममा क्षेत्रीय कार्यालय इटहरीका सूर्य प्रसाद पौडेलले प्रहरी कर्मचारीहरूलाई डिजिटल बैंकिङ र बैंकिङ सुरक्षासम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरे। साथै, उपस्थित प्रहरी कर्मचारीहरूबाट आएका जिज्ञासाहरूको उत्तर दिनुका साथै उनीहरूलाई डिजिटल बैंकिङ सुरक्षामा सचेत गराए।

कार्यक्रमको प्रमुख अतिथि दहालले यस प्रकारको कार्यक्रमले प्रहरी कर्मचारीहरूलाई डिजिटल बैंकिङ र सुरक्षाबारे सचेतना बृद्धि गराएको उल्लेख गर्दै प्रशिक्षक र आयोजकलाई विशेष धन्यवाद व्यक्त गरे।

कार्यक्रममा प्रहरी उपरीक्षक दिपक पोखरेल, गरीमा विकास बैंक लिमिटेड, विराटनगर शाखाका प्रबन्धक रक्षा भट्ट, कर्जा अधिकृत रिजन लम्साल, र अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

छुटाउनुभयो कि ?

शिक्षा

विद्यालयमा सीपमूलक तालिमसँगै पढाइ

धरान :  बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई घरमा रङ लगाउने तालिम दिइएको छ ।बेनी नगरपालिकाको ‘हामी सक्छौ, हामी
शिक्षा

विपन्नलाई पढाउन पाल्पाका तीन विद्यालयमा अक्षयकोष स्थापना

धरान ;विपन्न विद्यार्थीलाई पढाउने उद्देश्यले रामपुरका तीनवटा विद्यालयलाई एक–एक लाखका दरले अक्षयकोष स्थापना गर्न रकम प्रदान गरिएको छ ।रामपुर नगरपालिका