Roamwings.com

https://www.facebook.com/roamwingstravel/

महिला/बालबालिका

कौसिला चेम्जोङको नेतृत्वमा धरान-१४ का विद्यार्थीलाई न्यानो कपडा वितरण

धरानः धरान उपमहानगरपालिका वडा नं. १४ की कौसिला चेम्जोङको नेतृत्वमा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ।

धरान–१४ स्थित दन्तकाली माध्यमिक विद्यालयमा अध्ययनरत बालविकासदेखि कक्षा ५ सम्मका ६५ विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको हो।

विद्यार्थीहरूलाई विद्यालयको पोसाकसँग मेल खाने रङको सुइटर वितरण गरियो। आज विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा कौसिला चेम्जोङ, प्रधानाध्यापक दुर्गा बहादुर थापा, र सह-प्रधानाध्यापक श्री प्रसाद कोइरालाले उक्त कपडाहरू वितरण गरेका थिए।

कौसिला चेम्जोङले विद्यार्थीहरूलाई जाडोमा विद्यालय जानबाट बञ्चित नहोस् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरेको बताइन्। उनले आवश्यक रकम संकलन गरी सहयोगी मनहरूलाई धन्यवाद दिँदै सम्पूर्ण विवरण सामाजिक सञ्जालमा सार्वजनिक गर्ने बताइन्।

कार्यक्रममा जनता समाजवादी पार्टी धरानका अध्यक्ष नगेन्द्र पारघरी लिम्बु, सचिव शम्भु राई (पृथक्), सहसचिव रणजित राई, समाजवादी महिला संघ धरान नगर अध्यक्ष पुण्य कुमारी दाहाल लगायत विद्यालयका शिक्षकहरू सहभागी थिए।

कौसिला चेम्जोङ जनता समाजवादी पार्टी धरान–१४ वडा समितिकी अध्यक्ष हुन् र सामाजिक, राजनीतिक र व्यावसायिक क्षेत्रमा सक्रिय छिन्। यसअघि, उनले बोलबमको अवसरमा पिण्डेश्वर बाबा धाममा आएका भक्तजनहरूका लागि निःशुल्क पिउने पानी वितरण गरेको पनि उल्लेखनीय छ।

छुटाउनुभयो कि ?

आर्थिक महिला/बालबालिका

विलिभर्स स्कुलले अभिभावकलाई सिकायो अचार बनाउने सीप

धरानः धरान–५ स्थित डिपी विलिभर्स स्कुलका अभिभावकहरूको लागि एकदिने खाद्य स्वच्छता तथा अचार बनाउने तालिम सम्पन्न भएको छ ।स्कुलका प्राचार्य
महिला/बालबालिका

देउसी भैलोको रकमबाट बिद्मार्थीलाई शैक्षिक सामाग्री वितरण

धरान- १५ नमुना श्रुर्तीमार्ग टोलमा रहेको गृह श्रमिक महिला ढाका लघु उद्ममी समाज नेपालले देउसी भैलो बाट जम्मा भएको रकम