Roamwings.com

https://www.facebook.com/roamwingstravel/

धरान विशेष

मेयर हर्कको अराजक शैलीमाथि राज्यको मौनता: शान्ति सुरक्षाको माग गर्दै पत्रकारहरु पुगे प्रहरि कार्यलयमा

संजिता धमला

धरानः धरानका मेयर हर्क साम्पाङको पत्रकारहरुमाथि निरन्तर धम्कीपछि धरान सॅगै सम्पूर्ण प्रेस स्वतन्त्रतामाथि संकटको बादल मडारिएको छ।

साम्पाङले फेसबुक स्टाटसमार्फत खोज पत्रकारिता गर्ने पत्रकारहरुलाई बेइज्जत गर्ने चेतावनी दिएका थिए, जसले प्रेस स्वतन्त्रतामाथि गम्भीर चुनौती उत्पन्न गरेको छ।

धरानका अग्रज पत्रकारहरुले साम्पाङको अराजक शैलीप्रति कडा आपत्ति जनाउँदै राज्यले ठोस कदम नचालेकोप्रति असन्तोष व्यक्त गरेका छन्। उनीहरुले साम्पाङको अराजक शैलीप्रति ठोस कदम नचालिएकोमा राज्यप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। “यसरी पत्रकारहरुलाई निरन्तर धम्क्याइनु प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो,” धरानका अग्रज पत्रकार हर्ष सुब्बाले भनेका छन्।

पत्रकारहरुले शान्ति सुरक्षाको माग गर्दै इलाका प्रहरी कार्यालयमा औपचारिक रुपमा जाहेरी दिएका छन्, जहाँ उनीहरुले राज्यले तुरुन्तै आवश्यक कानुनी कारबाही थाल्नुपर्ने माग राखेका छन्।

धरानका डिएसपी प्रकाश जंबेगुले कानुन सबैका लागि समान भएको र कानुनी प्रक्रिया अनुसार आवश्यक कदम चालिने बताएका छन्। तर पत्रकारहरु राज्यको ढिलासुस्तीप्रति असन्तुष्ट छन् र साम्पाङको निरन्तरको अराजक शैलीले धरानको प्रेस स्वतन्त्रतामाथि थप संकट निम्त्याउने चिन्ता व्यक्त गरिरहेका छन्।

साम्पाङले बुधबार साँझ आफ्नो फेसबुक स्टाटसमार्फत खोज पत्रकारितामा संलग्न पत्रकारहरुलाई लक्षित गर्दै धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए। साम्पाङले खोजपत्रकार गोपाल दाहालको नाम तोकी उनीमाथि सार्वजनिक बेइज्जत गर्ने चेतावनी दिएका हुन्।

उनको स्टाटसमा लेखिएको छ, “भोली पत्रकार सम्मेलनमा नआए शीर ठाडो पारेर नेपालमा हिँड्न नसक्ने गरी बेइज्जत गरिनेछ।” यसमा उनले नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राईलाई समेत गाली गर्दै भनेका छन्, “जनक ऋषि पनि आउनु। धेरै फुरफुर गरिस्, ऐना हेर्दा थुक्न बनाइन्छ।”
पत्रकारहरुको ठहर छ कि यदि राज्यले मेयर साम्पाङको अराजक शैलीविरुद्ध कडा कारबाही नगरे थप संकट उत्पन्न हुनेछ, जसले धरानमा प्रेस स्वतन्त्रतामाथि गम्भीर आक्रमणको संकेत दिन्छ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।