Roamwings.com

https://www.facebook.com/roamwingstravel/

राजनिती

किरात राई यायोक्खा इटहरी वडा नं. ७ को अधिवेशनमा विसन राई अध्यक्ष चयन

इटहरी – किरात राई यायोक्खा इटहरी वडा नं. ७ को पहिलो अधिवेशन साकेला संरक्षण भवन, इटहरीमा सम्पन्न भएको छ। सर्वसम्मत रूपमा विसन राई अध्यक्षमा चयन भएका छन्।

अधिवेशनबाट ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ, जसमा उपाध्यक्षको रूपमा प्रविना राई, सचिव सेवाहाङ राई, सह-सचिव सपना राई, र कोषाध्यक्ष रमला राई चयन भएका छन्। सदस्यहरूमा सरिता, सुवास, कल्पना, विनोद, बबिना, र देव कुमारी राई रहेका छन्।

शपथ ग्रहण समारोहमा सुम्निमा र पारुहाङलाई साक्षी राखेर नव निर्वाचित पदाधिकारीहरूले जिम्मेवारी सम्हाले। अध्यक्ष विसन राईले आफ्नो जाति, भाषा, र पहिचानको संरक्षणका लागि निरन्तर प्रतिबद्ध रहँदै कर्तव्य पूरा गर्ने बताएका छन्।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद