Roamwings.com

https://www.facebook.com/roamwingstravel/

राजनिती

सागर सरगम चेम्जोङ समाजवादी विद्यार्थी युनियन प्रदेश १ को अध्यक्षमा चयन

धरानः समाजवादी विद्यार्थी युनियनले सागर सर्गम चेम्जोङलाई प्रदेश १ को अध्यक्षमा चयन गरेको छ।

जसपा नेपाल निकट समाजवादी विद्यार्थी युनियनको नेतृत्वमा आएका चेम्जोङ
एक बौद्धिक र स्पष्ट वक्ता नेताको रूपमा परिचित छन भने २०७३ को निर्बाचित महेन्द्र बहुमुखि क्याम्पस धरानका स्वबियु सभापति समेत हुन्।विद्यार्थी आन्दोलनमा दृढ विश्वास राख्ने चेम्जोङले अध्यक्षको भूमिकामा छात्र-छात्राहरूको हकहितका लागि निरन्तर संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

चेम्जोङको नेतृत्वमा २६ सदस्यीय प्रदेश स्तरीय समिति पुनर्गठन गरिएको छ। अध्यक्षमा चयन भएपछी उनीप्रति विद्यार्थी, सहकर्मी तथा शुभचिन्तकहरूले शुभकामना व्यक्त गरेका छन्। चेम्जोङले प्रदेश १ मा सवारी दुर्घटनाबाट पीडित विद्यार्थीहरूको संरक्षण र उनीहरूको हकअधिकार सुनिश्चित गर्नका लागि संघर्ष गर्ने बताएका छन्।

कार्यक्रममा जसपा नेपालका सह–अध्यक्ष रकम चेम्जोङले अशोक राई समूहले पार्टी विभाजन गरे पनि यसको कुनै औचित्य पुष्टि गर्न नसकेको दाबी गरे। उनले भने, “अशोक राई समूहले पार्टी विभाजन गर्‍यो तर उनीहरू राजनीतिक मञ्चबाट नै ओझेल परेका छन्। यसले दलित, मधेसी, आदिवासी जनजाति, महिला लगायत उत्पीडित समुदायको हकहितमा कुनै योगदान गर्न सकेन।”

कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्यहरू, प्रदेशस्तरीय नेताहरू, समाजवादी युवा संघ नेपालका प्रदेश उपाध्यक्ष दिनेश राई, समाजवादी महिला संघ नेपालकी अध्यक्ष ओममाया आङ्देम्बे लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद