Roamwings.com

https://www.facebook.com/roamwingstravel/

महिला/बालबालिका

विराटनगर महानगरपालिका महिलामैत्री संरचनामा अग्रसरता बन्यो सुविधायुक्त “स्तनपान कक्ष”

विराटनगर महानगरपालिकाले सार्वजनिक स्थलमा महिलामैत्री वातावरण सुनिश्चित गर्न स्तनपान कक्षको स्थापना गरेको छ। हाल महानगरपालिका परिसर र बसपार्कमा गरी दुई स्थानमा स्तनपान कक्ष तयार गरिएको छ। यो प्रयास बाल स्वास्थ्य विशेष कार्यक्रम अन्तर्गत समावेश गरिएको छ। महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिलिप यादवका अनुसार जिल्ला प्रशासन कार्यालय मोरङमा पनि स्तनपान कक्षलाई पुन: व्यवस्थित गर्ने प्रयास भइरहेको छ, किनकि हालको कक्ष व्यवस्थित छैन।

महानगरपालिकाले सार्वजनिक कार्यालयहरूलाई महिलामैत्री बनाउन र आमाहरूलाई सहज वातावरण प्रदान गर्न स्तनपान कक्षको आवश्यकतालाई महत्त्व दिएको छ। विराटनगर विमानस्थलमा पनि स्तनपान कक्ष स्थापना गरिएको छ, जसले आमाहरूलाई आफ्ना बच्चाहरूलाई आरामपूर्वक स्तनपान गराउने सुविधा दिन्छ। यादवका अनुसार, बालबालिकाको स्वास्थ्य र पोषण सुनिश्चित गर्न यस प्रकारको संरचना अनिवार्य छ, किनकि पर्याप्त पोषणको अभावले बालविकासमा समस्या निम्त्याउन सक्छ।

यस पहलले महिलाहरूलाई सार्वजनिक स्थलमा असहज महसूस नगरी बच्चालाई स्तनपान गराउन सहज बनाउने उद्देश्य राखेको छ।

छुटाउनुभयो कि ?

आर्थिक महिला/बालबालिका

विलिभर्स स्कुलले अभिभावकलाई सिकायो अचार बनाउने सीप

धरानः धरान–५ स्थित डिपी विलिभर्स स्कुलका अभिभावकहरूको लागि एकदिने खाद्य स्वच्छता तथा अचार बनाउने तालिम सम्पन्न भएको छ ।स्कुलका प्राचार्य
महिला/बालबालिका

देउसी भैलोको रकमबाट बिद्मार्थीलाई शैक्षिक सामाग्री वितरण

धरान- १५ नमुना श्रुर्तीमार्ग टोलमा रहेको गृह श्रमिक महिला ढाका लघु उद्ममी समाज नेपालले देउसी भैलो बाट जम्मा भएको रकम