Roamwings.com

https://www.facebook.com/roamwingstravel/

समाज

इटहरीमा ठूलो मात्रामा गाँजा सहित स्कारपियो नियन्त्रणमा, चालक फरार

संजिता धमला

धरानःईलाका प्रहरी कार्यालय इटहरी सुनसरीले गत राति अवैध गाँजा लोड गरिएको को १ च ७६८९ नम्बरको सिल्भर रंगको स्कारपियो गाडी नियन्त्रणमा लिएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको आरटिआई टोलीको नेतृत्वमा धरान, तिनकुने, र इटहरीका प्रहरी टोलीको संयुक्त प्रयासमा गाडी नियन्त्रणमा लिइएको हो। प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा अवैध गाँजा ल्याउँदै गरेको गाडीलाई लखेटेर इटहरीको पानीपिया जंगल क्षेत्रबाट नियन्त्रणमा लिन सफल भएको तर चालक भने फरार भएको जनाइएको छ।

घटनाका क्रममा गाडीलाई धरान १५ सेउती पुल नजिकै तिनकुने चौकीका प्रहरी सहायक निरिक्षक आत्माराज कार्कीलाई सामान्य ठक्कर दिँदै दक्षिणतर्फ भाग्ने प्रयास गरिएको थियो।

धरान र कोशी प्रदेश प्रहरी टोलीले गाडीलाई उत्तरबाट लखेट्दा, इटहरी प्रहरीको टोलीले दक्षिणबाट गाडी छेकेर अन्ततः पानीपिया जंगल क्षेत्रमा गाडीलाई रोकेको थियो। गाडीको खोज तलासी गर्दा १० वटा पोका गाँजा फेला परेको छ, प्रत्येक पोका करिब ३० केजी गाँजा रहेको अनुमान छ।

धरानका डिएसपि प्रकाश कुमार जबेगू नेतृत्वको धरान प्रहरी टोलीको तर्फबाट घटनाको सफलता प्राप्त भएको हो भने इटहरी इलाका प्रहरी कार्यालयका डिएसपि लक्ष्मी भण्डारीको टोलीले पनि महत्वपूर्ण भूमिका निभाएको थियो। “गोप्य सूचनाको आधारमा गरिएका कारबाहीहरूले हामीलाई ठूलो परिमाणमा गाँजा नियन्त्रण गर्न सफल भएको प्रकाश कुमार जबेगूले बताए।

उक्त गाडीलाई इटहरीको पश्चिमपट्टि, कोशी लोकमार्गमा छेकेर नियन्त्रणमा लिइएको भए पनि चालक फरार भएका कारण खोजी कार्य जारी रहेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गर्दै फरार चालकलाई पक्रन विभिन्न स्थानमा खोजी अभियान सञ्चालन गरिरहेको जानकारी दिएको छ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले