Roamwings.com

https://www.facebook.com/roamwingstravel/

समाज

महावीर पुनको अभियानलाई दाताहरूको समर्थन राष्ट्रिय आविष्कार केन्द्रलाई उल्लेखनीय आर्थिक सहयोग

संजिता धमला

धरानः महावीर पुनको नेतृत्वमा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रलाई देशविदेशबाट उल्लेखनीय आर्थिक सहयोग प्राप्त भएको छ।

प्रविधि, नवप्रवर्तन र अनुसन्धानको विकासका लागि यो अभियानलाई सघाउन विभिन्न दाताहरूले देश बिदेशबाट आर्थिक सहयोग भईरहेको महाविर पुनको सामाजिक सॅजालमा उल्लेख छ।

इजरायलमा कार्यरत चन्द्रकला डल्लाकोटीले बैंकमार्फत ५० हजार रुपैयाँ दान गरेकी छन्। त्यस्तै, बेल्जियमबाट लोकेन्द्र नेपालले आफ्ना साथीहरू सहित संकलन गरेको २ लाख १५ हजार ६ सय ८५ रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रमा आएर हस्तान्तरण गरेका छन्, जसले प्रविधि विकासमा थप ऊर्जा प्रदान गरेको छ।

ललितपुर निवासी विष्णु प्रसाद श्रेष्ठले केन्द्रमै उपस्थित भएर नगद १ लाख रुपैयाँ दान गरेका छन्, जुन राष्ट्रिय आविष्कार केन्द्रको महत्वपूर्ण अभियानलाई थप सशक्त बनाउने केन्द्रको भनाई छ। त्यस्तै, प्रवेशले सुनदासले बैंकमार्फत ६ हजार १ सय रुपैयाँ सहयोग पठाएका छन्।

महावीर पुनको यस अभियानलाई थप सशक्त बनाउन सहयोग गर्ने सबै दाताहरूलाई राष्ट्रिय आविष्कार केन्द्रले धन्यवाद ज्ञापन गरेको छ। यो अभियान देशमा नवप्रवर्तन र अनुसन्धानको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

आविष्कार केन्द्रका परिकल्पनाकार पुनले केन्द्रको काम सम्पन्न हुनासाथ युवालाई रोजगारीको अवसर सृजना हुने बताएका छन्।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले