धरानः लिटल मिस्टर एण्ड मिस धरान आइकन २०२४ को दोस्रो अडिसन धरान-१६ लिगंबारीमा सफलतापूर्वक सम्पन्न भएको छ।
कोरियोग्राफर तथा मिस लिम्बु २०१४ की मिस चार्मिङ किन्नि लिम्बुका अनुसार ३५ जना सहभागीमध्ये २५ जनालाई फाइनलका लागि छनोट गरिएको बताइएको छ।
एल एण्ड सि मोडल एजेन्सीको सिइयो दिपक गिरीका अनुसार यो प्रतियोगिताको उद्देश्य बालबालिकाको प्रतिभा उजागर गर्दै उनीहरूलाई कला प्रस्तुतिका माध्यमबाट आफ्नो क्षमताहरू विकास गर्न प्रोत्साहन गर्नु हो।आयोजनामा भएको उक्त प्रतियोगितामा निर्णायक मण्डलमा मिस्टर नेपाल का फस्ट रनरअप आदेश प्रधान, मिसेस स्टेट की फस्ट रनरअप तथा कोशी प्रदेश खेलकुद बोर्डकी सदस्य रोश्नि राई, र मिस सुपर किड्स मोडल की विजेता युना खापुङ रहेका थिए।
प्रतियोगितामा सहभागी बालबालिकाहरूले टेक्वान्डो, चित्रकला, नृत्य, गायन, र वक्तृत्वकलाजस्ता विभिन्न प्रतिभाहरू प्रस्तुत गरेका थिए। धेरै बालकहरु आर्मि बन्ने र खेलाडि बन्ने बताउने र बालिकाहरु डाक्टर , डान्सर र गितक्षेत्रमा रुचि राखेको आयोजकको भनाई छ।