संजिता धमला
धरानः १३ औ राष्ट्रिय कर दिवसमा धरानमा आयोजित कार्यक्रममा यस वर्षको नारा ‘ कर प्रणालीको सार , लगानिको आधार ’ भए तापनि लैङ्गिक न्याय र विभेदको गुनासो उठेको छ।
आन्तरिक राजस्व कार्यलय धरानले धरान क्षेत्रमा सबैभन्दा धेरै कर ६१ लाख कर बुझाउने पुरुष पवन अग्रवाललाई विशेष सम्मान प्रदान गरियो, तर कर क्षेत्रमा महत्वपूर्ण योगदान दिने महिलार्तफका करदाताहरूको कुनै चर्चा भएन। सम्मानित अग्रवालले यस्ता राज्यलेनै गरेका कार्यक्रममा महिलाहरुलाई पनि समेट्नु पर्ने तबमात्र आर्थिक गतिविधिमा महिलाहरु अग्रसर हुन सक्षम हुने ठहर गरे।
यो पटक मात्र हैन् पटक पटक कर दिवसको कार्यक्रममा महिलातर्फ र पुरुषतर्फको योगदानलाई न्यायपूर्ण तरिकाले नहेरेको एक सहभागि महिलाले गुनासो गरिन। यस प्रकारको सम्मान कार्यक्रममा महिलाको अनुपस्थितिले समानता र न्यायको विषयमा प्रश्न उठाएको उनले बताईन।
कर अभियानको सन्देश सबैका लागि बराबर भए तापनि व्यवहारमा महिलाहरूलाई विभेद गरिएको महसुस भएको र महिला करदाताहरूले आफ्ना अधिकार र योगदानको सम्मान चाहेको र समान व्यवहारको अपेक्षा गरेको महिला व्यवसायिहरु चियागफमा बताउँछन्।
कार्यक्रममा उपस्थित महिलाहरूले कर प्रणालीमा लैङ्गिक विभेदले उनीहरूको सशक्तिकरणको प्रयासमा अवरोध सिर्जना गरेको गुनासो आएपछि यस बिषयमा कुरा गर्दा उद्योग वाणिज्य संघ सुनसरिका अध्यक्ष बिजय श्रेष्ठले आफूहरु चुकेको र आउने दिनमा महिलालाई पनि बिशेष प्राथमिकतामा राखिने बताए।
यस कार्यक्रममा उद्योग वाणिज्य संघ, इलाका प्रहरि कार्यलय, इलाका प्रशासन कार्यल र व्यवसायीको सहभागिता रहेको थियो भने जनप्रतिनिधिको सहभागिता शून्य थियो ।