Roamwings.com

https://www.facebook.com/roamwingstravel/

विचार

इन्स्पेक्टर दिवश कुवँर: “सुर्तिजन्य र मदिराजन्य वस्तु बालबालिकालाई किन्न र बिक्री गर्नु लगाउनु अपराध हो”

संजिता धमला

धरानः इलाका प्रहरी कार्यलय धरानका इन्स्पेक्टर दिवश कुवँरले “सुर्तिजन्य र मदिराजन्य वस्तु बालबालिकालाई किन्न र बिक्री गर्नु लगाउनु दुबै आपराधिक लापरबाही हो” भन्दै अभिभावक र समाजलाई सजग रहनुपर्नेमा जोड दिए।

धरान-१ स्थित युरेका माध्यमिक विद्यालयमा एक दिने लागुऔषध दुर्व्यसन रोकथामसम्बन्धी अभिमुखीकरण कार्यक्रम बोल्दै कार्यक्रमका प्रमुख वक्ताका रूपमा रहेका इन्स्पेक्टर कुवँरले सो कुरा बताएका हुन्।

धरान-१ वडा कार्यालयको आयोजना र संजीवन केन्द्र धरानको सहयोगमा सम्पन्न भएको हो। इन्स्पेक्टर कुवँरले युवाहरूमा बढ्दै गएको लागुऔषध दुव्र्यसनको भयावह अवस्थाबारे चर्चा गर्दै समस्या रोक्न कडा कानुनी कारबाही र सामाजिक जागरूकताको खाँचो रहेको बताए। उनले लागुऔषध नियन्त्रण ऐन २०३३ र सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ लाई उदाहरण दिँदै बालबालिका र युवाहरूलाई यस्तो गतिविधिमा फस्नबाट जोगाउन अभिभावक र समाजको महत्वपूर्ण भूमिका रहेको बताए।  बिद्यालय र अस्पताल १ सय मिटर वरपर सुर्तिजन्य बस्तु बिक्रि वितरण गर्नु नमिल्ने कानुनि व्यवस्था रहेको समेत बताए। उनले भने “ बालबालिकालाई सामान्य चुरोट, खैनि र वियर किन्न पठाउॅदा बच्चामा उत्सुकता हुन्छ तसर्थ यस्ता गतिविधि रोक्नुपर्छ।”

कुवँरले धरानमा लागुऔषध नियन्त्रणका लागि प्रहरीले विभिन्न अभियान सञ्चालन गरेको जानकारी पनि दिए र अभिभावक, शिक्षक, र समाजका सबै क्षेत्रबाट सहयोगको अपेक्षा राखे।

छुटाउनुभयो कि ?

विचार

छैठ पुजा समाबेसी बन्दै

छैठ पर्व नेपालको तराई क्षेत्रमा मदेशी समुदायले मनाउदै आएता पनि विगत केही वर्षदेखि पहाडी समुदायका सम्पूर्ण जातिहरुले समावेशी पर्वको रुपमा
विचार

गाँजा खेती खुलाउन संसदीय समितिमा सहमति,

२५ जेठ, काठमाडौं । शुक्रबार प्रतिनिधि सभाको कृषि समितिमा गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीको आवश्यकता र महत्वमा द्विविधा राख्नु नपर्ने