Roamwings.com

https://www.facebook.com/roamwingstravel/

समाज

धरानमा ठूलो परिमाणमा गाँजा बरामद, कृषि फर्मका संचालक पक्राउ

संजिता धमला
धरानः सुनसरीको धरान उप-महानगरपालिका वडा नं. १७ खैरेनीस्थित सुप्रिम एग्रिकल्चर कृषि फर्ममा ३०७ किलोग्राम गाँजा फेला परेको छ।

प्रहरीको विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक कोमल ठाकुरको कमाण्डमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले सो गाँजा बरामद गरेको हो धरान प्रहरीले ब्रदर्श मिडियालाई जानकारी दिएको छ।

गत २७ गते राति ११ बजे, फर्मको पूर्वतर्फको कोठामा लुकाइ राखिएको गाँजा १० वटा प्लास्टिकका बोरामा प्याक गरिएको अवस्थामा भेटिएको हो। बरामद गॅाजा कुल ३०७ किलोग्राम रहेको प्रहरीले जनाएको छ।

उक्त घटनामा संलग्न रहेका फर्मका संचालक धनी ४४ वर्षीय मनिराज राईलाई प्रहरीले पक्राउ गरेको छ। मनिराज राईको स्थायी घर धनकुटा, साँगुरीगढी गाउँपालिका वडा नं. ८ भए पनि उनी धरान उप-महानगरपालिका वडा नं. १३ मा बसोबास गर्दै आएका थिए। बरामद गाँजा र राईलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ।

प्रहरीले स्थानिय प्रतिनिधिहरूको रोहवरमा खान तलासी गरेर बरामदी मुचुल्का तयार पारेको थियो। यस क्षेत्रबाट अवैध गाँजा कारोबारलाई रोक्न प्रहरी सक्रिय रहेको र घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको छ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले