Roamwings.com

https://www.facebook.com/roamwingstravel/

धरान विशेष

धरानमा “कोसेली घर” निर्माण गर्नु उपप्रधानमन्त्रीलाई उद्योग वाणिज्य संघ  सुनसरीले बुझायो प्रपोजल

संजिता धमला

धरानः सुनसरी उद्योग वाणिज्य संघले “कोसेली घर” तथा सानो प्रदर्शनी स्थल निर्माणका लागि १ करोड रुपैयाँको प्रपोजल उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह श्रेष्ठलाई स्टिमेट र डिजाइनसहित बुझाएको छ।

धरान-१२, चतरा लाइनमा बन्ने कोसेलि घरको लागि १ करोडको प्रपोजल मन्त्री श्रेष्ठलाई बुझाएको र परियोजना निर्माणका लागि छलफल समेत गरेको संघका अध्यक्ष बिजय श्रेष्ठले जानकारी दिए।

मन्त्री श्रेष्ठले यस परियोजनालाई सकारात्मक रूपमा लिएको र निर्माणमा २० प्रतिशत लगानी गर्नुपर्ने धारणा राखेको संघका प्रतिनिधिहरूले ब्रदर्श मिडियालाई जानकारी गराएका छन्।

कोसेली घरको निर्माणमा कोशी प्रदेशको सहयोग उल्लेखनीय देखिएको छ। कोशी प्रदेशकी माननीय ममता योन्जनको समन्वयमा कोशी प्रदेशबाट ४ लाख रुपैयाँ प्राप्त भएको अध्यक्ष श्रेष्ठले बताए। साथै, आउन लागेको धरान एक्स्पोबाट छुट्ने रकम पनि कोसेली घर निर्माणमा लगानी गरिने संघले बताएको छ।

तर, अध्यक्ष श्रेष्ठका अनुसार, हालसम्म धरानको स्थानीय सरकारबाट कुनै चासो नदेखिएको छ। तथापि, आउँदा दिनहरूमा सहयोगको आशा गरिएको छ।

संघका कोषाध्यक्ष सदस्य प्रभाव खतिवडा, अमृत मानन्धर, र संघका काठमाडौं प्रतिनिधि उमेश श्रेष्ठसँगै पेट्रोल व्यवसाय महासंघका केन्द्रीय अध्यक्ष लिलेन्द्र प्रधान पनि परियोजनासम्बन्धी छलफलका लागि मन्त्रालय पुगेका थिए।

कोसेली घर निर्माणले स्थानीय उत्पादनको प्रबर्धन र पर्यटनको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।