Roamwings.com

https://www.facebook.com/roamwingstravel/

राजनिती

सभापति रबि लामिछाने पक्राउ परेपछी आज रास्वपाले काठमाडौं र पोखरामा बिरोध  प्रदर्शन गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा काठमाडौं र पोखरामा प्रदर्शन गर्ने भएको छ ।
पूर्व गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको भन्दै रास्वपाले काठमाडौंको माइतीघरमा दिउँसो १ बजे र पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा बिहान ११ बजे प्रदर्शन गर्न लागेको हो ।
लामिछाने शुक्रबार साँझ काठमाडौंको बालाजुस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए । उनलाई स्थलमार्ग हुँदै शनिबार बिहान ३ बजे पोखरा पुर्‍याइएकाे थियो ।
पोखरामा हुने विरोध प्रदर्शनको नेतृत्व उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्लेले गर्ने छन् । उनीहरु पोखरा पुगिसकेका छन् । 
लामिछानेमाथि पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा छ ।
आज शनिबार सार्वजनिक बिदा भएकाले लामिछनेलाई आइतबार मात्रै अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद